बाबु छोरा बजार घुम्न गएको बेला
छोराको हातको स्याउ हिलोमा
खस्यो । छोराले स्याउ टिप्न खोज्यो ।
बाबु – छि : छि त्यो हिलोमा खसेको
खान हुन्न । अर्को किने भइहाल्छ नि ।
छोरा – हुन्छ बाबा । भोलिपल्ट पानी
परिरहँदा आमा चिप्लेर हिलोमा पछारिन
पुगिन ।
बाबु – उठ प्रिय । उठ केहि भएको
छैन ।
छोरा – बाबा छि ळ छि हिलोमा खस्नुभएकी
आमालाई उठाउनु हुन्न अर्कै आमा ल्याए भइहाल्छ नि ।