एउटा मान्छे गाँउबाट भर्खरै काठमाण्डौ
शहर हेर्न भनी आएछ ।
उ एक दिन फिल्म हेर्न भनी हलमा गएछ
र उसको अर्को साथीले भेटेछ ।
साथी – त आज कहाँ गएर आएको नि ?
मानिस – फिल्म हेर्न गा को नि ।
साथी – तैले कुन फिल्म हेरेको ?
मानिस – दर्पन छायाँ ।
साथी – कस्तो छ त त्यो फिल्म ?
मानिस – राम्रो त एक दमै राम्रो रहेछ तर
के गर्नु अब नेपालका सबै फिल्महरुले फ्लप
खाने भए ।
साथी - किन र ?
मानिस – नेपालको चर्चित नायीका निरुता
सिंहको त मृत्यु भयो नि त्यसैले ।
साथी – हो र तँलाई कस्ले भनेको नि ?
मानिस – कस्ले भन्नु नि दर्पण छायाँ फिल्म
हेर्दा आफ्नै आँखाले मरेको देखेको नि ।