अमेरिकामा डम्फु साँझ सम्पन्न
|
तामाङ सोसाइटी अफ अमेरिकाले फरवरी १६ का दि Dhaka Club, Woodside, Queens मा २८४४ औं जीवा ल्होछारको उपलक्ष्यमा डम्फु साँझ साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बौद्ध धार्मिक परम्पराअनुसार लामा गुरुबाट पूजा पाठ गरी कार्यक्रमको शुरुवात गरिएको थियो । संस्थाका अध्यक्ष राम तामाङले उपस्थित अतिथि एवं दर्शकहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुका साथै ल्होछारको शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्य रहनुभएको थियो । उहाँले तामाङ समाजको सँस्कृति नेपालको एक अमूल्य गहना भएको बताउनुहुँदै यसको संरक्षण र विकासको लागि विदेशमा रहेरपनि तामाङ समुदायले योगदान पुर्याईरहनु सह्रानिय रहेको बताउनुभयो । साथै उहाँले यस किसिमको कार्यको निरन्तरताको कामना समेत गर्नु भयो ।कार्यक्रममा गायक सन्जोक योन्जन, सुनिता लोप्चन, गोमा योन्जन, जोनि योन्जन, टासि शेर्पा, न्हुच्छे नारायण डङ्गोल लगायतका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । त्यस्तै बाल कलाकारहरुले पनि गीत प्रस्तुत गरेका थिए । विभिन्न कलाकारहरुको नृत्यले कार्यक्रमका दर्शकहरुलाई मोहित पार्नुका साथै सिद्धार्थ लामा र साथीहरुले करातेको काता विधाको प्रदर्शन समेत गरे। कार्यक्रममा बोस्टन तामाङ समाज र ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष प्रेम तामाङको नेतृत्वमा आएका कलाकार समूहले विभिन्न नृत्य एवं गीत प्रस्तुत गरेका थिए । त्यस्तै चलचित्र झाँक्रीका नायक तथा निर्माता अमृत लामाले सो चलचित्रको नृत्य प्रस्तुत गरी दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए।सोही कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष राम तामाङलाई मानार्थ ब्ल्याक बेल्टको उपाधीद्धारा सम्मानित गरियो । भोली पल्ट बिहान साढे दुई बजेसम्म चलेको उक्त सांस्कृतिक साँझको सञ्चालन संजोक योन्जन, लोकेन तामाङ र माया लामाले गरेका थिए ।
|
Popularity: 43% [?]
This entry was posted
on Saturday, February 16th, 2008 at 6:28 pm and is filed under Uncategorized.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply