Volleyball Competition in UAE
| यूएइमा भलिबल प्रतियोगिता | |
| मई, १२ यूएइ | |
९ मइ २००८ मा यूएइको अबुधाबीस्थित मूशाफाहको सनैया स्थित आइकार्ड सिटीको न्यू भिल्ला भित्रको खेलमैदानमा लुम्बिनी वल्फेयर सोसाइटी यूएइ अबुधावी क्षेत्रीय समितिको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त संस्थाको परिचयात्मक कार्यक्रमको पूर्वार्धमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही संस्थाका कार्यवाहक अध्यक्ष प्रेम प्रताप सेनको सभापतित्व तथा नेपाली राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ, नेपाली समाज मुशाफाह क्षेत्रिय समितिका अध्यक्ष अर्जुन कुमार शाह, लु.व.सो.का केन्द्रिय अध्यक्ष डि यल शर्मा, नेपाली भूपु शैनीक सहयोग समिति यूएइका जित बहादुर विक लगायत विभिन्न संघ संस्थाका पदादीकारीहरु अतिथिका रुपमा रहनुभएको थियो ।
प्रमुख अतिथिबाट भलिवल उफारेर उद्घाटन गर्नु भएका सो कापर्यक्रममा डी यल शर्मा, मोहन कृष्ण श्रेष्ठ लगायतले मन्तब्य दिनु भएको थियो मन्तव्यकै क्रममा प्रमुख अतिथिले यो संस्थाले शुरुदेखि नै राम्रा राम्रा काम गर्दै आएको र भोलिका दिनहरुमा पनि यो भन्दा राम्रा काम गर्दै जान शुभकामना दिनुभयो ।
यूएइ भरि छरिएर रहेका विभिन्न नेपाली संघ संस्थाहरुबाट १४ टीमले प्रतिस्पर्धामा भाग लिएका उक्त खेलको फाइनल हुन नसकेको कारणले १६ तारिख शुक्रबार गराउने भएको कुरा आयोजकले जनाएका छन् । उक्त खेल सूचारु रुपले सम्पन्न गराउनका लागि दान वहादुर जिसी एम्पायर, खेमानन्द भन्डारीले टिम दर्ता, र राष्ट्रिय खेलाडी बाबुराम थापाले खेलको सम्योजकको जिम्मेवारी बहन गर्नु भएको थियो ।
Popularity: 41% [?]
Leave a Reply