Two Nepali dancers returned from UAE
यूएइका दुई महिला बार डान्सरको उद्धार
यूएइका दुई महिला बार डान्सरको उद्धार
-हरि खड्का
मोटो रकमको लालचले झण्डै नारी अस्मिता बेचियो
यएइको दुवईस्थित पानोरामा होटलमा बार डान्सरको लागि आएका अन्दाजी २२ बषिर्या दुइ नेपाली महिलालाई उद्धार गरी यही अप्रिल १० तारिकमा एयर अरवियाको उडानवाट काठमाण्डौं पर्ठाईयो /अप्रिल १५ तारिकमा यएइ आएका ती महिलालाई काठमाण्डौं सामाखुसी निवासी खिम क्षेत्रीले मासिक ५० हजार रुपैयां कमाई हुने भन्दै प्रलोभन देखाई दुवई पठाएको हो । आर्यन नामको भारतीय नागरिकले मेरो होटल हो भनि एडभान्सस्वरुप एउटीलाई ५० हजार अर्कीलाई ३५ हजार रुपैया दिएको पीडितहरुले बताएका छन् ।
भारतीय नागरिक आर्यन होटल मालिक नभई मानव तस्कर भएको र निजले आफुहरुलाई ल्याए वापत पानोराम होटलवाट १ लाख भारतीय रुपैयां लिएको र सो कुरा यएइ आएपछि मात्र थाहा भएको जानकारी पीडित महिलाले दिएका छन् ।
होटलमा अस्लील डान्स गर्नुपर्ने र होटल व्यबस्थापनवाट कैयौं महिलालाई बेश्याबृत्तिका लागि ग्राहकसंग पठाउने र मोटो रकम दिएका ग्राहककोर् इच्छा बमोजिम हप्तौसम्म पनि ग्राहकले बेृश्याबृत्तिका लागि होटल वाहिर लैजाने गरेको पीडितहरु बताउंछन् ।
पीडित नेपाली महिलालाई पनि व्यबस्थापनवाट बेश्याबृत्तिका लागि दवाव दिई यातना दिएको हुंदा पीडितहरु नेपाली समाज आवुधावी क्षेत्रिय समितिको सर्म्पर्कमा आएको र क्षेत्रिय समितिको सक्रियता तथा केन्द्रिय समितिको सहयोगमा नेपाली दूतावासमा निवेदन दिईएको र दूतावासवाट पनि पीडितको निवेदन बमोजिम दुवईस्थित प्रहरीलाई उद्धारको लागि अनुरोध गरेपछि प्रहरीको सक्रियतामा उद्धार गरी सकुशल नेपाल फिर्ता पठाउन सकिएको आवुधावी क्षेत्रिय समितिवाट जानकारी प्राप्त भएको छ ।
नेपाल सरकारको कानून बमोजिम नेपाली महिलालाई खाडी मुलुक प्रतिबन्द लगाएता पनि पीडित मध्ये एक जना एयर अरवियाको उडानवाट काठमाण्डौं हुंदै सारझाह र अर्की महिला भने काठमाण्डौवाट दिल्ली हुंदै दुवई आएक
ा थिए । यएइका तारे होटलहरुमा सैयौंको संख्यामा नेपाली डान्सर महिला कार्यरत रहेको र कैयौं महिला शारीरिक तथा मानसिक यातनाको शिकार समेत भएको जानकारहरु बताउंछन् ।
- May 15 2008 Thursday 01:02:37 PM
Popularity: 46% [?]
Leave a Reply