Republic Day Celebrated in UAE
गणतन्त्र नेपालको अवसरमा प्रवासी नेपाली समाज यूएइको हार्दिक स्वागत
—————————————————————
वैदेशिक रोजगारीको शिलशिलामा प्रवासीएका नेपालीहरुको संस्था प्रवासी नेपाली समाज यूएइले एक पेस विज्ञप्ति प्रकाशित गरी उक्त कदमको स्वागत तथा सम्पूर्ण नेपाली जनतालाई बधाइ दिएको छ ।
सो समाजका संयोजक यमलाल शर्मा पगेनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ आदरणीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,
नेपालमा संविधान सभाको पहिलो बैठकबाट दुइसय चालिस बर्षलामों सामन्ती सत्ताको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणराज्यको स्थापना भएको छ । यस महान कार्यकोलागि हामी प्रवासी नेपाली समाज, युएइको तर्फाट गणतान्त्रिक नेपालका अग्रगामी जनताहरुमा हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौं ।
अबको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले स्थायी शान्ति र शुसासनको माध्यमबाट मुलुकको चौतर्फी विकास गर्दै नेपालीहरुले विदेशी भूमिमा दुखका दिन काट्ने अवस्थाको अन्त्य हुने वातावरण श्रृजना गर्न सकोस् भन्ने कामना समेत गर्दछौ ।
Popularity: 55% [?]
Leave a Reply