Religious Program in UAE

हिन्दुहरुको बिशेष धार्मिक प्रस्तुती यु,ए, इ मा      
टेक थजाली मगर यु,ए,इ   

 

मई ५ दुबइ - मुस्लिम रास्ट्र मध्य बढी खुल्ला मानिने यु,, को बर दुबइ शहर स्थित मिना बजार सिन्धीहलमा बिगत केही महिना देखी हरेक शुक्रबार हिन्दुधर्माअलम्वीहरुको घुईचो लाग्न थालेको छ।
वरीपरि
सुपरमार्केट मानिसहरुको चहल पहल , मुस्लिमहरुको नमाज हुन्छ, कसैले बाइबल घोकिरहेका छन् त्यही ब्यस्त शहरकोबीचमा हिन्दु प्रभुपादको उदय भएको छ। त्यहाँ जुत्ता, चप्पल राख्नको लागी भनेर बेग्लै वटा कोठा छुट्याईएको छ। साच्चिकै त्यो ब्यबस्थित सिन्धीमहलमा हिन्दुधर्मप्रती आश्था राख्ने बिभिन्न देशका हजारौ भक्तजन, भक्तस्त्रीहरुको उपस्थिति हुन्छ।  भारतिय स्वयंम सेवक विकी रावतले पङ्तिकारलाई दिएको सुचना अनुसार हरेक शुक्रबारको धार्मिक कार्यक्रम समय तालिका अनुसार निर्धारण गरिएको छ । जस अनुसार बिहान ९:३० बजेदेखी १०:३० बजेसम्म भजन तथा किर्तनको आनन्द, बिहान १०:३० देखी ११:३० बजेसम्म आरती, बिहान ११:३० देखी १२:०० बजेसम्म हरिनाम जप मध्यान्न १२:०० बजेदेखी १२:४५ बजे सम्म भगवत गीता तथा भगवतम् प्रबचन १२:४५ देखी १:१५ बजे सम्म निशुल्क प्रसाद बितरण हुन्छ।   

                                                         Image

त्यस धार्मिक कार्यक्रमको प्रचार-प्रसार हुन थालेपछी नेपाली दाजुभाइ-दिदीबहिनीहरुको उपस्थिति पनी हरेक शुक्रबार दोब्बर हुदै गएको छ। अधिकाँस भक्तजनहरु हिन्दी अंग्रेजी बुझ्ने हुनाले कार्यक्रममा प्रबचनपनी हिन्दी अँग्रेजीमानै हुँदै आएको छ। आबश्यक्ता अनुसार हरेक देशको भाषामा प्रबचन हुनेछ उपस्थित जानकारहरु बताउछन् । हुनत यु,, मा शिब मन्दिर, राम मन्दिर, लगाएतका हिन्दु मन्दिरहरु पहिल्यै देखी नभएको पनी होइन हिन्दुको मन्दिर आज भन्दा २०-२५ बर्ष अघी देखी पुजा-अर्चना भजन किर्तन लगाएतका धार्मिक कार्यक्रमहरु भैराखेकाछन । तर पनी सिन्धीहलमा भैराखेको हरेक हप्ताको शुक्रबार हुने हिन्दुहरुको धार्मिक कार्यक्रमलाई बिशेष भक्तिभावपूर्ण हेरिएको छ । हामिलाइ थाँहा एक मात्र हिन्दु राष्ट्र हाम्रो देश नेपालपनी अहिले धर्म निरपेक्ष घोषित भैसकेको छ। तर केहीदिन अघी भारतमा भएको हिन्दुबादीहरुको बिश्व सम्मेलनले प्रत्यक्ष बिरोधको घोसणा पनी गरिसकेको छ। धर्मले मानिसलाई आदर्श बनाउछ, नैतिक शिक्षा प्रदान गर्छ । आ-आफनो धर्मको सदुपयोग गर्ने अधिकार सबैलाई छ।

Popularity: 28% [?]