Nepali Film Matribhumi

नेपाली चलचित्र मातृभूमिको यूएइबाट छायाँकन सुरु

 गत अप्रिल ३, २००८ मा दुबईको एक होटलमा नेपाली कथानक चलचित्र मातृभूमिको शुभमुहूर्त गरिएको छ ।

गरिबी, छुवाछुतप्रथाबाट ग्रसित भई स्वदेशमा बस्न नसकी विदेश पलायन भएको साथै विदेशमा पनि धेरै दुःख पाएको र प्रवासमा बस्दा मातृभूमिको सम्झना र माया कत्तिको आउँदो रहेछ भन्ने कथामा आधारित मातृभूमि यूएईका लागि नेपाली राजदूतका उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठको उपस्थितिमा  उद्‌घाटन गरिएको थियो ।

सान्नानी, आगो अल्पविराम जस्ता सफल चलचित्र निर्देशन गरिसकेका नारायण पुरीले यस चलचित्रको निर्देशन रहने यस चलचित्रमा नायक सुशील क्षेत्री यस चलचित्रको मुख्य नायकमा अभिनय गर्दै छन्। भर्खरै सानो पर्दाबाट ठूलो पर्दामा पाइला टेकेकी नवनायिका सौजन्य सुब्बा नायिकाको रुपमा देखिने छिन्। जिरेखुर्सानीका तीन हस्ती शिवहरि पौडेल, जितु नेपाल र किरण केसी पनि यस चलचित्रका पात्र रहेका छन्।

यस चलचित्रमा दुबईका स्थानीय कलाकारहरुको पनि अभिनय रहने छ । उक्त चलचित्रमा नेपाल यूएई समन्वय मञ्चको सहयोगसमेत रहेको छ।  मिलीजुली फिल्मसको ब्यानरमा बन्न लागेको उक्त चलचित्रमा इन्द्र थापाको प्रस्तुति रहेको छ भने निर्माता इन्द्र काफ्ले, निर्देशक नारायण पुरी, क्यामेराम्यान राजु मानन्धर, कथा किरण केसी, पटकथा तथा संवाद किशोर ढकाल, सङ्गीत दीपक रमण तथा नृत्य निर्देशक अनिल कोइराला रहेका छन् । 

चलचित्रको ५० प्रतिशत यूएईमा र बाँकी नेपालमा छायाङ्कन गरिने निर्माता इन्द्र काफ्लेले जानकारी दिनुभयो । चलचित्र २०६५ साल जेठ महिनाको अन्तिम सातासम्म यूएईबाट प्रदर्शनमा ल्याउने उनको दावी छ ।

Popularity: 45% [?]