Nepali Embassy of UAE
प्रवासी नेपालीहरुलाई संविधान सभाको निर्वाचनका लागि नेपाल फर्कन अनुरोध
नेपाली राजदूतावास यूएईद्धारा एक सूचना जारी गरी अप्रिल १० २००८ अर्थात चैत्र २८ २०६४ का दिन नेपालमा हुन गईरहेको संविधान सभाको चुनावकोलागि आ-आफ्नो निर्वाचन क्षेत्रमा फर्की मतदान गर्ने कार्यमा सहभागी हुन आह्रान गरेको छ ।
उक्त सूचनामा भनिएको छ । यहि विक्रम सम्बत् २०६४ साल चैत्र २८ गते बिहिवारका दिन नेपालमा संविधान सभाको निर्वाचन हुन गईरहेको ब्यहोरा यूएईमा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई विदित नै छ ।
सूचनामा अगाडी भनिएको छ संविधान सभाको निर्वाचनलाई सफल बनाउन र सो निर्वाचनको वातावरणलाई सहज बनाउन विभिन्न कारणले प्रवासमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई संविधान सभाको निर्वातनको लागि आ-आफ्नो श्रोत्रमा फर्की मतदान गर्ने कार्यमा सहभागी भइ सो निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले समस्त प्रवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा आह्रान गरेकोले यूएईमा बसोबास गरी कामकाज गरी आउनु भएका समस्त नेपाली नागरिकहरुमा आ-आफ्नो निर्वाचन क्षेत्रमा फर्की मतदान गर्नु भै संविधान सभाको निर्वाचनलाई सफल पार्न योगदान दिनुहुन हार्दिक आह्रान गर्दछौ ।
नेपाली राजदूतावास अबुधावी यूएईबाट जारी जरुरी सूचनामा भनिएको छ ।
Popularity: 35% [?]
Leave a Reply