Financial Support by Prabasi Ilameli Samaj UAE

प्रवासी इलामेली समाज यूएइद्वारा आर्थिक सहयोग

प्रवासी इलामेली समाज यूएइले कुबेतमा मृत्यु दण्डको सजायँ पाएकी डोल्मा शेर्पाको जीवन रक्षार्थ नेपाली १५०००, पन्ध्र हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ प्रवासी इलामेली समाजले गत फेब्रुवरी २९ शुक्रबारका दिन एक साँस्कृतिक कार्यक्रम गरी इलाम जिल्ला अन्तर्गत चिसापानी ४ स्थित जनसेवक प्रा.वि. लाई सहयोग र कुबेतमा मृत्यु दण्डको सजायँ सुनाइएकी डोल्मा शेर्पाको जीवन रक्षार्थ केही आर्थिक सहयोग संकलन गरेको छ । उक्त कार्यक्रमबाट संकलित रकम मध्ये नेपाली पन्ध्र हजार १५०००। डोल्माको जीवन रक्षार्थ एनआरएनए आइसिसीले स्थापना गरेको काठमाडौंको बैक खातामा पठाइने निर्णय भएको उक्त संस्थाका अध्यक्ष लोकनाथ सुवेदीले बताएका छन् २४ सदस्यीय उक्त तदर्थ समितिले यूएइवासी सम्पूर्ण नेपालीहरुलाई एक अपिल गरी डोल्मा शेर्पाको जीवन रक्षाको लागि आ आफ्नो क्षेत्रबाट सक्दो आर्थिक सहयोग गर्न आहृवान समेत गरेको छ ।

प्रवासी इलामेली समाजको विशेष गरेर इलाम जिल्लाको शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने योजना रहेको जनाइएको छ स्मरण रहोस् यूएइमा नेपालीहरुका करिब तीन दर्जन संघ संस्थाहरु भए पनि डोल्मा शेर्पाको जीवन रक्षार्थ आर्थिक सहयोग गर्ने कार्यमा भने सबैभन्दा पछि स्थापना भएको प्रवासी इलामेली समाज पहिलो भएको छ ।

Popularity: 54% [?]