Cultural program in UAE:organized by Hem Alemagar

यूएइमा साँस्कृतिक कार्यक्रम सम्पन्न शुक्रवारका दिन दुबइ जुमेरा साँस्कृतिक कल्चरका हेम आले मगरको व्यक्तिगत आयोजनामा यूएइको दुबइमा एक लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भयो यूएइका लागि महामहिम राजदूत अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो चरणको कार्यक्रमको सभापतित्व कार्यक्रम कोअर्डिनेटर के.पी किरण शर्माले गर्नु भएको थियो भने अन्य अतिथिहरुमा यूएइमा स्थापित विभिन्न संघ सस्थाका पदाधिकाहरु, पत्रकार साहित्यकार तथा बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो सभापति केपि किरण शर्माद्वारा दियोमा बत्ति बाली उद्घाटन गरिएको उक्त कार्यक्रममा उपस्थित सबै अतिथि तथा दर्शकहरुलाई शुन्दर खड्काले स्वागत गर्नुभएको थियो ।

लोक गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तथा नपाली लोक गायन क्षेत्रकी एक हस्ती बिमा कुमारी दुरा तथा नव गायक साथै कार्यक्रम आयोजक हेम आलेलाई प्रमुख अतिथि महामहिम राजदूतले दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो हेम आले मगरले निकालेको लोक गीती क्यासेट दुबइ जुमेरामा रहेको धोको थियो……..भन्ने बोलको गीतलाई हेम आले तथा बिमा कुमार दुराको स्वरमा गाइएको थियो भने अन्य स्थानीय नेपाली कलाकारहरुका गीत तथा नृत्य पनि आकर्षक थिए । बिमा कुमारी दुराको हृदयस्पर्शी गीतले सबैलाई आकर्षित बनाएको थियो ।

प्रमुख अतिथि महामहिम राजदूत अर्जुन बहादुर थापाले कार्यक्रममा बोल्दै प्रवासमा पनि नेपाली लोक संस्कृतिलाई जोगाउन जुन पहल गर्नु भएको छ यो अतिनै स्वागत योग्य छ भन्नु भयो । गाउँले जीवनबाट संघर्ष गरेर आज यो स्थानमा आउन सफल भएका नव गायक हेम आलेलाई भविश्यमा पनि नेपाली लोक गीत तथा संगीतलाई अगाडि बढाउनको लागि शुभकामना दिँदै संयोगवस विमाकुमारी दुरा र आफू एउटै जिल्लाबासी भएको र आफूलाई पनि लोक गीत तथा संगीत अति नै मन पर्ने कुरा बताउनु भयो ।लोक गायक असिम महत, यादव थापा, कृष्ण घर्ती, दिपक पछाइ, सूर्य आदि कलाकारहरुले स्वागत गर्र्छौ हृदय खोली अतिथिहरुलाई भन्ने बोलको स्वागत गीत गाएर स्वागत गरेका थिए ।

दुइ चरणमा सञ्चालन गरिएको उक्त साँस्कृतिक कार्यक्रम करीब ७ बजे शुरु भएर ११ बजेतिर समाप्त भएको थियो ।पहिलो चरणको कार्यक्रम धनन्जयले सञ्चालन गरेका थिए भने दोश्रो कार्यक्रम असिम महत र धनन्जयले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

Popularity: 56% [?]