यूएइमा ५८ औं प्रजातन्त्र दिवस मनाईयो
यूएइस्थित नेपाली दूतावास अबुधावीले एक कार्यक्रम गरी ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएका छन् ।
नेपाली दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा यूएइमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजिवी, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौन धारण गरेर शुरु भएको उक्त कार्यक्रममा नेपाली दूतावास यएइका महामहिम राजदूत अर्जुन बहादुर थापाले उपस्थित सबैलाई स्वागत गर्दै प्रजातन्त्र दिवसको शुभकामना दिनु भएको थियो । कार्यक्रममा बोल्दै राजदूत थापाले नेपालमा जनताको सान्दर्भिक आन्दोलनद्वारा ५८ वर्ष पहिले प्रजातन्त्रको स्थापना भएको थियो भन्दै अहिले पनि देश प्रजातन्त्रको बाटोमा हिंडिरहेको र आगामी संविधानसभाको निर्वाचन मार्फत जनताले आत्मनिर्णयको प्रयोग गर्ने अवसर प्राप्त भएको बताउनु भयो ।
उक्त कार्यक्रममा गैर आवाशीय नेपाली संघ आइसिसीका मध्यपूर्व संयोजक सिपी सापकोटा, नेपाल दुबइ डट कमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूएइ शाखाका सल्लाहकार दामोदर नेपाल, इमिरेट्स नेवा पुचःका उपाध्यक्ष प्रज्वल श्रेष्ठ, यूनाइटेड रिक्रियसनल क्लवका अध्यक्ष ज्ञान बहादुर सुनुवार, व्यवसायी तथा एनआरएन एनसीसी यूएइका सदस्य उत्तरमान लामा, इमिरेट्स नेपाली क्रिश्चियन सोसाइटीका महासचिव जनकराज शर्मा, लुम्बिनी वेलफेयर सोसाइटीका अध्यष डि.एल. शर्मा, तामाड. समाजका केन्द्रीय सदस्य रामु तामाड., नेपाली साहित्यिक तथा साँस्कृतिक समाजका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाली समाचार केन्द्रका महासचिव धर्मेन्द्र यादव, एनआरएन एनसिसीका सह संयोजक हरि खड्का, सहयात्रा द्वैमासिकका कार्यकारी सम्पादक तथा पत्रकार महासंघ यूएइका शेषनारायण झा आदि वक्ताले नेपाली दूतावासले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै वास्तविक प्रजातन्त्र भनेको राष्ट्रमा आर्थिक, सामाजिक, राजनैतिक तथा वैयक्तिक स्वतन्त्रता हुनु हो । त्यसैले नेपालमा ५८ वर्ष पहिले आएको प्रजातन्त्र संस्थागत हुन नसक्नुमा प्रमुख कमजोरी शासकहरुको भए पनि केही मात्रामा हामी आफ्नो पनि जिम्मेवारी रहन्छ । त्यसैले नेपालमा प्रजातन्त्रलाई संस्थागत विकास गर्नको लागि हामीले पनि आ आफ्नो स्थानबाट सहयोग गर्नु पर्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो । साथै उहाँहरुले संविधानसभाको निर्वाचन भनेको समय समयमा आउने संसदीय निर्वाचन जस्तो होइन, तर्सथ अहिलेको संविधानसभामा सबै नेपाली जनता सचेत भएर राष्ट्र निर्माणको दिशामा लाग्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
Popularity: 39% [?]
Leave a Reply