युयईमा एक नेपालीले झुण्डिएर आत्म हत्या गरे
यूएइको अबुधावी, मुसफाहमा कार्यरत नेपाली पाल बहादुर तिलिजा पुनले यही फेब्रुवरी १२ मंगलबारका दिन झुण्डिएर आत्म हत्या गरेका छन् ।
म्याग्दी जिल्ला सिख गाविस ६ घर भइ मुसफाहस्थित सेल्सबरी नामक कम्पनीमा विगत चार महिनादेखि काम गर्दै आएका पुनले मंगलबार मुसफाहस्थित सनैया १३ नम्बरमा अवस्थित आफ्नो क्याम्पको बाथरुममा च्यादरको सहायताले फलामे डण्डीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी चार महिनाअघि मात्र नेपालबाट रोजगारीको सीलसिलामा यूएइ छिरेका थिए । उनले आत्महत्या गर्नुको खासै कारण नभए पनि कहिलेकाहीँ उनले आफ्नो घरमा घरायसी समस्याहरु भएको बताउने गरेको उनका एक साथीले बताएका छन् ।
Popularity: 64% [?]
February 18th, 2008 at 4:08 am
Its so sorry to hear. What a……?