मुसफाहमा कम्प्युटर सम्बन्धी आधारभूत तालिम सम्पन्न

नेपाली समाज यूएइ मुसफाह क्षेत्रीय समितिको आयोजनामा यही फेब्रुवरी २२ शुक्रबारका दिन मुसफाहस्थित एक श्रमिक क्याम्पमा कम्प्युटर सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।

 

एक्काइशौं शताब्दीमा कम्प्युटर सम्बन्धी ज्ञान अपरिहार्य रहेको पर्रि्रेक्षमा नेपालबाट विदेशिएका र कम्प्युटर सम्बन्धी सामान्य ज्ञान पनि नभएका नेपालीहरुलाई त्यस सम्बन्धी आधारभूत ज्ञान दिन सकियोस् भनि श्रमिकहरुको क्याम्पमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब १५ जना नेपालीहरुको उपस्थिति रहेको थियो ।

 

उक्त अवसरमा कम्प्युटर के हो, यसले कसरी काम गर्छ, कसरी खोल्ने, फाइल बनाउने, सेभ गर्ने, लगायत इमेल इन्टरनेट चलाउने सम्बन्धी जानकारी गराइएको थियो भने नेपाली टाइप गर्न पनि सिकाइएको थियो । कम्प्युटर जस्तो वृहत् विषयमा धेरै ज्ञान दिन नसके पनि कम से कम इमेल, इन्टरनेट चलाउन र फाइलहरु बनाएर राख्न सक्ने बनाउन सकियोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम शुरु गरिएको आयोजक संस्थाका सचिव गिरधारी रिजाल बताउनु हुन्छ ।

 

सहभागी मध्येका सर्लाहीका रमेश कुमार दर्लामी भन्छन् अहिलेको जमानामा कम्प्युटर भनेको अति आवश्यक वस्तु भइसकेकोले यस सम्बन्धी केही जानकारी लिन सकियोस् भनेर आफूले कम्प्युटर किनेर राखेको हो । उनले कम्प्युटर सम्बन्धी खासै ज्ञान नभए पनि आफ्नो कोठामा कम्प्युटर किनेर राखेका छन् । उनी भन्छन् अब म केही अवश्य सिक्ने छु । त्यसैगरी अर्का सहभागी अञ्जान बोहरा भन्छन् आफू विदेश बस्ने भएर पनि कम्प्युटर सम्बन्धी केही पनि थाहा नहुँदा लाटो जस्तो भएकोले अहिलेको एक्काइशौं शताब्दीमा यस सम्बन्धी जानकारी हुनु जरुरी छ भन्ने लागेर कम्प्युटर किनेको हुँ । उनीहरुको इच्छा र जाँगर देख्दा लाग्छ मान्छेले आँटेमा गर्न नसक्ने केही पनि छैन ।

 

उक्त कार्यक्रममा राम बहादुर भण्डारी, रमेश कुमार दर्लामी, अञ्जान बोहरा, नारायण बहादुर थापा, गोकुल दर्लामी, लोक बहादुर पूर्वछाने मगर, रामकृष्ण खपाड.गी, अशोक पुन, कृष्णराम अधिकारी लगायत करिब १५ जना नेपालीहरुको सहभागिता रहेको थियो ।

 सो आधारभूत तालिममा प्रशिक्षकका रुपमा जेपी सापकोटा र दामोदर नेपाल रहनु भएको थियो ।आगामी दिनमा समय र स्थानको अनुकूलता मिलाएर यस अभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने योजना रहेको मुसफाह समितिका अध्यक्ष अर्जुन कुमार शाह बताउनु हुन्छ ।

Popularity: 33% [?]