प्रवाशमा साहित्यिक जमघट
नेपाली साहित्यिक तथा साँस्कृति समाज यूएइले शुरु गरेको बोधी वृक्षको फेदमा हुने साहित्यिक जमघट प्रत्येक हप्ता बढ्दै गएको छ । गत शुक्रबार पनि बोधी वृक्षको फेदमा साहित्यानुरागीहरुको राम्रो जमघट रहृयो ।
प्रवाशी भूमिमा रहेका नेपाली साहित्यानुरागीहरुको साहित्यिक मोहले यूएइको अबुधावीस्थित कर्नेसमा जन्मिएको बोधी वृक्षको फेदमा प्रत्येक हप्ता हुने साहित्यिक जमघटले प्रवाशी साहित्यलाई धेरै अगाडि लैजाने कुरालाई देखाएको छ । त्यहाँ हरेक शुक्रबार अपरान्ह तीन बजेदेखि साहित्यानुरागीहरुको जमघट शुरु हुन्छ र आ आफ्ना साहित्यिक रचनाहरु एकले अर्कालाई सुनाउने तथा सुन्ने गरिन्छ अनि साहित्यिक छलफल र वाचन गरिएका रचनाहरुमाथि समिक्षा गर्ने गरिन्छ ।
गत शुक्रबार पनि जम्मा भएका साहित्यानुरागीहरुले आ आफ्नो कविता, गीत, गजल आदि सुने सुनाए । उक्त जमघटमा नेपाली साहित्यिक तथा साँस्कृतिक समाज यूएइका महासचिव गिरधारी रिजाल, अबुधावी क्षेत्रीय सचिव जीवन कोइराला, दामोदर नेपाल, जेपी सापकोटा, केशरी अमगाइ, उमेश सिवाकोटी, आशिष राइ, देवी संग्रौला, सुदिप पन्त, अञ्जान बोहरा, राम बहादुर भण्डारी, लोक बहादुर पूर्वछाने, खेम परियार, कृष्ण लगायत अन्य थुप्रै साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।
उक्त जमघटमा प्रत्येक हप्ता नेपालीहरुको उपस्थिति बढिरहेको छ । शुक्रबार पहिलो पटक उपस्थित सर्लाहीका दुइ जना र धनुषाका एक जना नेपालीले भने हामीलाई त यहाँ प्रत्येक हप्ता यस्तो कार्यक्रम हुन्छ भन्ने थाहा नै थिएन । आज घुम्दै आउँदा यहाँ आइपुग्यौं र देख्यौं । हामीलाई धेरै राम्रो लाग्यो । तिनीहरु मध्येका एक जनाले थपे मलाई कविता, कथा आदि लेख्न त आउँदैन तर पनि सुन्न मात्र भने पनि अब प्रत्येक हप्ता म यहाँ आउने छु ।
Popularity: 29% [?]
Leave a Reply