Tamang Society UAE

 तामाङ समाज यूयईद्धारा कलाकारहरु सम्मानित तामाङ समाज यूयईले गत मार्च १४ का दिन ममच किचन दुबई कराममा एक औपचारिक कार्यक्रमका साथ ल्होछार साँस्कृतिक कार्यक्रममा भाग लिएर सहयोग गर्ने सम्पूर्ण कलाकारहरुलाई सम्मानका साथ प्रमाण पत्र प्रदान गरियो । तामाङ समाज यूयईका अध्यक्ष छत्र लामाको सभापतित्वमा, समाजका वरिष्ठ सल्लाहकार तथा यूयईमा सफल व्यापारी उत्तरमान लामा प्रमुख अतिथि अन्य अतिथिहरुमा नेपाली समाज यूयईका संस्थापक सदस्य मुक्तिनाथ राई, समाजका सल्लाहकार द्धय डिल्ली मोक्तान र इन्द्र लामा हुनु हुन्थ्यो ।  तामाङ समाज यूयईले विविध विद्यामा प्रतिभा प्रस्तुत गरेर जीवा ल्होछार साँझ कार्यक्रमलाई सफल गरे वापत कलाकारहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गरेको हो । ल्होछार कार्यक्रमलाई सहयोग गर्ने अन्य  शुभ चिन्तकहरुलाई पनि प्रशांसा पत्र प्रमुख अतिथि र समाजका अध्यक्षबाट प्रदान गरिएको थियो ।  

गत फेब्रवरी ८ तारिख दुबई स्थित आस्टोरियो होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय कलाकर्मीहरुको विविध विद्यामा वेजोड प्रस्तुति रहेको थियो । तामाङ समाजका महासचिव लेक तामाङ बाट स्वागत मन्तव्य र रबिन थिङद्धारा संचालन गरेको उक्त कार्यक्रममा कलाकार र आयोजक गरी ५० जना भन्दा बढिको उपस्थिति थियो । रात्री भोज सहित सामुहिक नृत्यकासाथ अन्त्य भएको थियो ।

Popularity: 35% [?]