Republic Day in Austria

नेपाली जनप्रगतिशील शान्ति समाज ,अष्ट्रीयाद्धारा गणतन्त्रको खुशियाली कार्यक्रम सम्पन्न
जुन, ३   अष्ट्रीया भियाना
————————————————–
   
नेपाली जनप्रगतिशील शान्ति समाज ,अष्ट्रीयाको आयोजनामा २ मे २००८ मा गणतन्त्रको खुशियाली कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा समाजको अध्यक्ष राजेश खतिवाडाले अध्यक्षता ग्रहण गर्दै भन्नु भयो यदि नेपालमा ११ बर्षे जनयूद्धले नेपाली जनतालाई किन गणतन्त्रात्मक राज्यब्यवस्थको खाचो छ  भन्ने चेतनालाई संप्रेसण गरेको कारणले १९ दिने जनआन्दोलन भयो र शान्ति बार्तामा नेकपा माओबादीले देखाएको लचकता र जनता प्रतिको जिम्मेवारीबोधले आज नेपाली जनताले गणतन्त्र प्रप्त गरेका छन भन्नु भयो ।

त्यस्तै अतिथी द्धारीका फुयालले नेपाली जनताको संघर्ष सफल भएकोमा खुसी ब्यक्त गर्नु भयो । आगन्तुक बिधार्थी तथा अन्यले नेपालमा गणतन्त्र आएकोमा खुशी ब्यक्त गर्नु भयो । कार्यक्रम समाजका महासचिव बुद्धी बहादुर तमाङ्गले संचालन गर्नु भएको थियो ।
 

Popularity: 46% [?]