Program organized by Nepali workers in Iraq
ईराकमा पनि नेपालीहरुले बिजयोत्सव मनाए
२३ अप्रिल, ०८ ।
नेपालमा हालै सम्पन्न ऐतिहासिक संबिधानसभाको निर्बाचनमा नेपाली जनताको पक्षमा परिणाम आएको खुशीयालीमा रोजगारीको सिलसिलामा इराक पुगेका नेपालीहरुले पनि अत्यन्त हर्षोल्लासकासाथ बिजयोत्सव मनाएका छन् ।
मुलुकभित्रै रोजगारीको पर्याप्त संभावनाहरु नहुंदा नेपाली युवाहरुका लाखौं बलिया पाखुरीहरु बिदेशका बिराना बस्तीहरुमा खर्चिनु परिरहेको अवस्था छ । संबिधानसभाको निर्बाचनले नयाँ नेपालको उज्यालो बिहानीसंगै बिदेशिएका यस्ता थुप्रै युवाहरुको आशा र भरोसा अब मुलुकतिर तानिन थालेको छ ।
यसै सन्दर्भमा स्वर्णिम भबिष्यको कल्पना मनभरि सजाउँदै सुरक्षाको दृष्टिले अत्यन्त संबेदनशील मानिने इराक जस्तो मुलुकमा पुगेका नेपालीहरुले पनि अन्यत्रका नेपालीहरुलेझैं नेपालमा नेकपा माओबादीको बिजयलाई आफ़्नै बिजय मान्दै हुनुसम्म खुशी भए, नाचे, गाए, रमाए, हौसिए, रौसिए आपसमा खुशी साटासाट गरे, शुभकामना तथा बधाई आदान-प्रदान गरे ।
युगान्तकारी परिबर्तनका लागि मुलुकमा भएको ऐतिहासिक निर्बाचनबाट नेपाली जनताको जित भएको खुशीयालीमा ईराकको क्यू वेष्ट शहरको पिजा हर्ट भन्ने रेष्टुरेन्टमा हालै एक भब्य बिजयोत्सव कार्यक्रमको आयोजना गरियो । म्याग्दी देविस्थानका गायक टिका फगामीको पहलमा भएको उक्त कार्यक्रममा इराकमा रहेका नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो कार्यक्रममा गायक टिका फगामीले उपस्थित सबैलाई थुप्रै भावुक गीतहरु सुनाएर मनोरंजन दिलाएका थिए ।
गास, बास र कपासको खोजी गर्दै
बिदेशको गल्लीहरुमा भौतारिने ए नेपाली
अब त फर्कौ कि, आफ़्नै जन्म भूमिमा
देशमा परिबर्तन भा’को छ
सामन्तको दिन गा’को छ
गरिबको शासन ला’को छ
नेपालमा गणतन्त्र आ’को छ
जस्ता सन्देशमूलक गीत गाएर गायक फगामीले कार्यक्रममा भेला भएका सबै नेपालीहरुलाई मौन भएर सोच्न बाध्य बनाएका थिए ।
Popularity: 22% [?]
Leave a Reply