Singal Dance competition in Qatar on 25th April
कतारमा नेपाली एकल नृत्य प्रतियोगिताको तयारी पुरा
२० अपि्रल, २००८,
दोहा, कतार
============================================================
तमू सांस्कृतिक परिवार दोहा, कतारको आयोजनामा यहि आउने अपि्रल २५ तारिख शुक्रवारका दिन दोहा स्थित अमिर सिनेमा हलमा सम्पन्न हुन गईरहेको खुल्ला नेपाली एकल नृत्य प्रतियोगिताको तयारी पुरा भएको समाचार छ ।
मूल आयोजक समिति अन्तर्गत रहेर यस कार्यक्रमको तयारीमा जुटेका सबै उपसमितिहरुले आ-आप\mनो जिम्मेवारी पुरा गरेका छन् । आयोजक समितिका संयोजक बिमल गुरुङले दिनु भएको जानकारी अनुसार प्रतियोगितामा भाग लिन चाहने नृत्यकारहरुले गत शुक्रवार आप\mनो नाम दर्ता गराई सेकेका छन् र त्यसैको आधारमा प्रतियोगिहरुको समय तालिका पनि तयार पारिसकिएको छ । दर्शकहरुको भोटिङका आधारमा विजेता छान्ने भएकोले प्रतियोगि सबैलाई छुट्टाछुट्टै नम्बर दिइएको छ । प्रतियोगितको दिन दर्शकहरुले आफुलाई राम्रो लाग्ने नृत्यकारलाई उसको प्रतियोगि नम्बरको आधारमा भोट दिन सक्ने छन् । दर्शकहरुको कुल भोटको ७० प्रतिशत र निर्णयक मण्डलको ३० प्रतिशत गरि कुल १०० पुर्णाङ्कको आधारमा बिजेता छानिने छ ।
कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरु विच एक आपसमा भाइचाराको सम्बन्ध विकास गर्दै नेपालीहरुमा भएको प्रतिभालाई अरु प्रस्फुटन गराउन सहयोग गर्ने र नेपाली गीत संगीत र कलाको प्रवासबाट पनि संरक्षण सम्बर्धन गर्न सहयोग गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको छ ।
महिला र पुरुष गरि दुई समुहमा विभाजन गरिने उक्त प्रतियोगितामा दुबै समुहबाट प्रथम, द्वित्तीय र तृत्तीय हुने विजयी कलाकारहरुलाई नगद पुरस्कार र प्रमाण-पत्रको व्यवस्था गरिएको छ । नेपाली भाषा भाषीका गीतहरुमा मात्र नृत्य गर्न पाइने यस प्रतियोगितामा कतारमा कार्यरत कुनै पनि नेपालीले भाग लिन पाउने छन् ।
आयोजक समितिका संयोजक बिमल गुरुङले दावी गर्नु भए अनुसार कतारवासी नेपालीहरुका माझ यो विल्कुलै नौलो प्रस्तुति हुने छ । कतारमा कार्यरत नेपाली प्रतिभावान कलाकारहरुलाई आप\mनो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नै यो प्रतियोगिताको आयेाजना गर्न लागिएको हो । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै विश्व समुदायमा यसको प्रचार प्रसार गर्न यस्ता खाले कार्यक्रमहरुले महत्वपुर्ण भूमीका खेल्ने भएकोले नै यो कार्यक्रमको आयोजना गर्ने सोच आएको कुरा संयोजक गुरुङले बताउनु भयो ।
तमू बौद्ध सेवा समिति शाखा कतारको संरक्षकत्वमा आयोजना गरिने उक्त कार्यक्रमलाई कतारवासी सम्पुर्ण नेपालीहरुबाट आवश्यक सहयोग मिल्ने कुरामा आयोजक समिति विश्वस्त रहेको छ । प्रतियोगिताका साथमा तमू सांस्कृतिक परिवारका कलाकारहरुको आप\mनो संस्कृति झल्कने गीत संगीत तथा नृत्यको पनि प्रस्तुति रहने उक्त कार्यक्रममा कतारवासी नेपालीहरुले भरपुर मनोरञ्जन लिन पाउने भएका छन् ।
Popularity: 29% [?]
Leave a Reply