Save Dolma Sherpa
डोल्मा बचाउन दूतावास
कास
दोहा, चैत १० - साउदी अरेबियास्थित नेपाली दूतावासले कुवेती तल्लो अदालतद्वारा मृत्युदण्ड सजाय सुनाइएकी नेपाली चेली डोल्मा शर्ेपाको पुनरावेदनको अन्तिम सुनुवाइ सुरु भइसकेकाले जीवनरक्षामा सहयोग जुटाउन ढिलाइ भइरहेको जनाएको छ ।’कुवेतको तल्लो अदालतद्वारा डोल्माको विषयमा तोकिएको सजायविरुद्ध गरिएको पुरावेदनको अदालतद्वारा सुनुवाइ सुरु भइसकेको र केही दिनभित्रै फैसला आउने सम्भावना छ,’ रियादस्थित नेपाली दूतावासबाट राजदूत हमिद अन्सारीद्वारा जारी विज्ञप्तिमा छ- र्’वर्तमान स्थितिमा डोल्माको जीवन रक्षार्थ वकिल राख्ने तथा पीडितका परिवारबाट माफीको कागजात लिने प्रक्रिया अघि बढाउन विलम्ब भइसकेको छ ।’
सहकर्मी एक फिलिपिनो युवतीको हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाइएकी सिन्धुपाल्चोककी डोल्माको जीवनरक्षामा नेपाल सरकारले एक महिनाअघि ४ लाख रुपैया“को सिड-मनी राखेको थियो । त्यसमा सहयोग गर्ने क्रममा गैरआवासीय नेपाली संघका तर्फाट ३ लाख रुपैया“ मात्रै अहिलेसम्म आएको दूतावासले जनाएको छ । उनको जीवनरक्षामा ५० लाख रुपैया“ चाहिने र्सार्वजनिक भइसकेको छ ।
‘आवश्यक रकमको अभावमा ब्लड-मनी दिने प्रक्रियामा सहमतिका प्रक्रिया थाल्न र वकिल नियुक्त गर्न पनि दूतावासले गम्भीर रूपमा पहल गर्न सकिरहेको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
Popularity: 62% [?]
Leave a Reply