Press Release from Qatar

नेपाल कतार पत्रकार संघ को प्रेस-विज्ञप्ति


नेपालको राजनितिक इतिहासमा एक युगमा एक पटक आउने संविधानसभाको वैठक मार्फ नेपाल औपचारिक रुपमा संघिय गणतान्त्रिक राष्ट्र भएको खुशियालीमा सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुले खुशि मनाईरहँदा कतारमा रहेका नेपालीहरुले पनि नेपाली राजदुतावासको आयोजनामा गणतन्त्र दिवस धुमधामका साथ मनाएको खवर सुन्न पाउँदा नेपाल कतार पत्रकार संघ सम्पुर्ण नेपालीहरुलाई संघिय गणतान्त्रिक नेपालको हार्दिक शुभकामना व्यक्त गर्दै हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छ ।
नेपालीहरुको अथक प्रयास पछि औपचारिक रुपमा संघिय गणतान्त्रिक देश वनेको नेपालका सम्पुर्ण नेपालीहरुलाई देशमा होस् या प्रवासमा गणतन्त्रलाई सप्ताहलाई मनाउन नेपाल सरकारले गरेको अपिल गरे वमोजिम कतारमा रहेको नेपाल सरकारको प्रतिनिधी संस्था नेपाली राजदुतावास कतारले पनि मनाउने क्रममा आज देशको यो परिवर्तन ल्याउनमा प्रमुख भुमिका खेलेको पत्रकारहरुको संस्था पत्रकार संघलाई नै छुटाएर मनाएको उक्त गणतन्त्र दिवस अपुरो भयो भन्ने सम्पुर्ण आम जनताको गुनासोलाई मनन गर्न सकेन । कतारमा कार्यरत पत्रकारहरुको साझा संस्था नेपाल कतार पत्रकार संघ होस् या कतारमा कार्यरत पत्रकारहरुलाई कुनै जानकारी नै नदिईकन गणतन्त्र दिवस मनाईएकोमा नेपाल कतार पत्रकार संघ दुख व्यक्त गर्दछ।
विभिन्न समयमा नेपाली राजदुतावासले गर्दै आएका कार्यक्रमहरुमा पत्रकारहरुलाई कुनै जानकारी विना नै गरिने कार्यक्रमहरु प्रति नेपाल कतार पत्रकार संघ मुकदर्शक वस्दै आएको थियो तर नेपालको ऐतिहासिक घडिमा मनाएको गणतन्त्र दिवसमा पनि कुनै जानकारी नदिई गणतन्त्र उत्सव मनाउनवाट वञ्चित गराएकोमा नेपाल कतार पत्रकार संघ नेपाली राजदुतावासको यस्तो कृयाकलाप प्रति निन्दा गर्दछ । समाजमा आईपरेका समस्याहरुका विरुद्ध भने पत्रकारलाई लेख्न लगाईने तर समाजमा हुने परिवर्तन या यस्ता ऐतिहासिक कार्यक्रममा भने पत्रकारलाई कुनै जानकारी नदिईने प्रथा रहेको नेपाली राजदुतावास कतारलाई यस्ता गल्ति आगामि दिनमा नदोहोर्याउन नेपाल कतार पत्रकार संघ हार्दिक आग्रह गर्दछ । अन्त्यमा सम्पुर्ण नेपालीहरुलाई संघिय गणतान्त्रिक नेपालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Popularity: 65% [?]