News of Gorkha Prabasi Sangh Qatar

कतारमा गोर्खा प्रवासी संघको चौथो साधारणसभा साथमा गोर्खा दिपको विमोचन
मनोज वस्नेत
मई, ११   कतार

कतारमा कार्यरत गोर्खा जिल्लावासीहरुको साझा संस्था गोर्खा प्रवासी संघको चौथो साधारण सभा गत ९ मइका दिन सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का रहनुभएको थियो । अन्य बिशेष अतिथीमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोअपरेट सदस्य वद्रि प्रसाद पाण्डे, अतिथीमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार डा. देवकाजी डंगोल, एनआरएनए कतारका अध्यक्ष कमलमणि गुरागाँइ, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्ग, नेपाल पत्रकार महासंघ कतार साखाका सभापति नेत्र खनाल, जन प्रगतिशिल मंचका सचिव हरि नेपाली, गैर आवासिय नेपाली यातायात मजदुर संघका अध्यक्ष घनश्याम पोखे्रल, नयाँ नेपाल अनलाईनका प्रतिनिधि मनोज वस्नेत, कतार नेपाली एकता समाजका महासचिव गंगा सुवेदी, प्रवासी नेपाली सम्पर्क मंचका प्रतिनिधी रामहरी गैहे्र, खोटाङ्ग जागृति सेवा समाजका राम गुरुङ्ग, अनेसासका रबिन्द्र नादान लगायतको उपस्थिती रहेको थियो ।

उक्त साधारणसभाको उद्घाटन सँगै गोर्खा प्रवासी संघको मुखपत्र गोर्खादिपको विमोचन नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का, समाजसेवीहरु वद्रि प्रसाद पाण्डे, डा. देवकाजी डंगोल तथा संघका निवर्तमान अध्यक्ष वीरवहादुर थापाले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त मुखपत्रको समीक्षा नयाँ नेपाल अनलाइन डटकमका संचालक कुमार कार्कीले गर्नुभएको थियो समिक्षाका क्रममा कार्कीले गोर्खाली भनेर विश्वमा नै चर्चित नामका नेपालीहरु भित्रको गोर्खा प्रवासी संघले प्रकाशन गरेको उक्त मुखपत्रले गोर्खा जिल्लाको ऐतिहासिक, धार्मिक, भौगोलिक अवस्थाको जानकारी गराउनुका साथै कतारमा कार्यरत गोर्खावासीहरुको वारेमा जानकारि दिनुका साथै कतारको भौगोलिक राजनितीक र धार्मिक विशेषताको वारेमा जानकारी दिन खोजेर एउटा चेतनामूलक पत्रिकाको रुपमा रहेको टिप्पणि गरेका थिए । त्यस्तै गोर्खा जिल्लाका अन्य हस्तिहरुका वारेमा रहेका सामाग्रिहरुले पत्रिका उत्कृष्ट रहेको टिप्पणी गरेका थिए ।
संघका सचिव अमृत भण्डारीले संञ्चालन गर्नु भएको सो कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य कृष्ण भट्टराइ र आश बहादुर गुरुङले शुभकामना ब्यक्त गरेका थिए । बन्दशत्रले श्रीकृष्ण भट्टराइको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा कमल दानकुटी, सचिवमा गणेश बाँनीया, कोषाध्यक्षमा शिबराज भट्टराइ, सह-सचिवमा आशकाजी गुरुङ र सदस्यहरुमा क्रमशः सुनबिर सुनुवार, प्रकाश पौडेल, जमील मियाँ, सीताराम बयलकोटी, अब्दुल मीयाँ, रुद्र प्रसाद लामीछाने, इमान बहादुर लामीछाने, बासु बाबु दवाडी, कृष्ण बहादुर खड्का र राम प्रसाद श्रेष्ठ रहेका छन् ।

नव निर्बाचीत कार्य समितिलाई निबर्तमान अध्यक्ष बीर बहादुर थापाले बधाइ दिनु भएको थियो भने निर्बाचित वर्तमान अध्यक्ष श्रीकृष्ण भट्टराइले आगामी दिनमा संघलाई अग्रगति दिंदै सबैको सहयोगको अपेक्षा राख्नु भएको थियो ।
कार्यक्रमले गोर्खा प्रवासी संघमा रहेर अमूल्य योगदान गर्दै आउनु भएका संरक्षक बद्रि प्रसाद पाण्डे लगायतका अन्य ब्यक्तिहरुलाई सम्मान गरेको छ ।       

Popularity: 41% [?]