Nepali Kidney patient in Qatar ask for help

मृगौला पींडित सहयोग गर्न आग्रह रोजगारीको सिलसिलामा कतार पुगेका मोरङ जिल्ला स्थायी घर भएका निरबहादुर मगरको दुईवटै मृगौलाले काम गर्न छाडेका कारण उनको उपचारको लागि सहयोगार्थ कतारमा कार्यरत नेपालीहरु लागेका छन् ।
२९ बर्षिय मगरलाई दूबै मृगौला फेर्नुपर्ने सल्लाह डाक्टरले दिएको छ । मृगौला प्रत्यारोपणका लागि धेरै खर्च लाग्ने भएकाले उनको क्षमताले मृगौला प्रत्यारोपण गर्न असम्भव भएका कारण उनले सम्पूर्ण प्रवासी नेपालीहरुसामु सहयोगको लागी अपिल गरेका छन् ।

मोरङ्ग सुनसरी प्रवासी सेवा समाज, कतारले एक प्रेस बिज्ञप्ति जारी गर्दै उनको जीवनरक्षाको लागि सम्पूर्ण कतारबासी नेपालीहरुलाई सहयोग गर्न आग्रह गरिएो छ ।

Popularity: 57% [?]