Loktantra Day Celebrated in Qatar

कतारमा लोकतन्त्र दिवस


कतार, अप्रिल २३

दोहास्थित नेपाली दुतावासले दोस्रो लोकतन्त्र दिवसका अवसरमा बुधबार दुतावास कक्षमा स्थानीय नेपाली समुदायमाझ बिशेष समारोहको आयोजना गर् यो ।समारोहमा राजदूत डा।सूर्यनाथ मिश्रले संविधासभाको चुनावपछि अब सबै दलको सहभागितामा जनभावना समेटिने गरीको संविधान लेखिनु सफलताको अर्को खुड्किलो बन्ने बताउनुभयो । ुजनताको चाहनाबमोजिम दलहरुले संविधासभाको चुनाव गराउन सकेकोमा हामी सबैले हार्दिक बधाइ दिनुपर्छु डा।मिश्रले भन्नुभयो ।

समारोहमा प्रथम सचिव रामकाजी खड्काले अबको नयाँ नेपालमा आर्थिक कुटनीतिको सिद्धान्तबमोजिम कुटनीतिक सम्पूर्ण कार्यान्वयन तथा यसका पनि प्राथमिकता र कार्यान्वयनका आधार तय गरिनुपर्ने सुझाव दिनुभयो ।

समारोहमा उपस्थित समुदाय आफैंले राष्ट्रिय गान गाएर कार्यक्रम सुरु गरिएको थियो । उक्त अवसरमा गैर आवासीय नेपाली संघ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ इन्जिनियर्स एसोसिएसन सेफ्टी अवेरनेस नेपाल प्रवासी मुश्लिम संघलगायतका संस्था प्रतिनिधिले लोकतन्त्रको महत्वमा मन्तव्य राखेका थिए । समारोहमा एमाले कांग्रेस माओवादीलगायत राजनीतिक दलका स्थानीय भातृसंगठनका प्रतिनिधिहरु भने उपस्थित रहेनन् ।

 

Popularity: 38% [?]