Kirat Rai’s Festival Unbhauli Celebrated in Qatar
किरात राईहरुको उभौली भव्यताका साथ संपन्न
राई रमेश गाउले/दोहा
————————————————– किरात राई यायोक्खा शाखा कतारले किरात राईहरुको माहान पर्व भौली साकेला संपन्न गरेको छ । जनजातीका चाड पर्वहरुलाई नेपाल सरकारले राष्ट्रिय चाडको मान्यता दिएको खुसीयालीको अवसरमा आयोजी ५०६७ औ साकेला उभौली कतार नेशनलको टपर्फम रेष्टुरेण्ट संपन्न भएको थियो । उक्त कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई,संचालन शाखाका सचिव चेशकुमार राई र स्वागत मन्तव्य कार्यक्रम संयोजक विक्रम चेतनशिल राईले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका प्रमुख सल्लाहकार तथा किरात याक्थुङ्ग एकता समाजका अध्यक्ष दीलकिरण खजुम विषेश अतिथि माहासंघका सल्लाहकार विल गुरुङ्ग हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा किरात राई यायोक्खाशाखा कतारका संस्थापक सदस्य ईन्द्र राई,खोटाङ्ग युवा जागृति सेवा समाजका सचिव हरिकुमार वस्नेत,तमु वौद्ध सेवा समितीका उपाध्यक्ष लक्ष्मी गुरुङ्ग, नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका माहासचिव सेलिङ के.सि.,आप्रवासी तामाङ समाजका कोषाध्यक्ष,ईन्द्रकुमार तामाङ,प्रवासी मगर संघका माहासचिव देव राना मगर,हलेसीका व्यावस्थापक भोजराज दाहाल,हातेमालो सांस्कृतिक परिवारका सचिव अमित दाहाल,साहित्यकार वद्रीप्रसाद पराजुली, किरात याक्थुङ्ग एकता समाजका कोषाध्यक्ष मान व.सावा,स्यम्वर सिंह लामा, शिवराज गौतम,रमी मोक्तान, छपन राई,मीना तामाङ्ग,वेली वानीया् लगायतका माहानुभावहरुको उपस्थितीरहेको थियो । कार्यक्रमको उद्घाटन सगै राष्ट्रियगानद्धारा कलाकारहरुले आगन्तुकलाई स्वागत गरेका थिए भने विच विचमा गायक गायीकाहरु चित्र राई,राज राई,मुगाधन राई,रोमी मोक्तान,वेली तामाङ्गले गीतहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा डम्वरदेव ओझा,अमित दाहाल,राई रमेश गाउले,रोमी मोक्तान र मीना तामाङ्गको समुहले साकेलाको सेरोफेरोमा लोक दोहोरी प्रस्तुत गरेका थिए । कार्यक्रममा वोल्दै ईन्द्र राईले हामी जनजातीले पार्टी र वाद भन्दा माथी उठेर एकता हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै अर्का किराती वक्ता तथा शाखाका उपाध्यक्ष जनक राई तथा शाखाका सदस्य खड्ग व. राईले साकेला उभौली मनाउनुको अर्थ र कारण वारेमा प्रष्ट पार्नुभएको थियो भने अमृत राईले आफ्नै राई भाषामा साकेला गीत गाउदै राई भाषामा नै साकेलाको महत्ववारेमा प्रष्ट पार्नु भएको थियो । भने राई रमेश गाउलेले साकेला उभौली मनाउनु भनेका खेतीपातीको समय सुरु हुन लागेको समयमा पानी परी दिन अनुरोध गर्दै सुम्निमा र पारुहाङ्गलाई पुकार गरेको र अनि भदौमा गरीने छौवाले -न्वागी) भनेको उनै ईष्ट देवतालाई पहिलो चोटी वाली चढाउनको लागी गरीने र मंसिरमा गरीने उधौली भनेको वाली नाली राम्रो भयो अव अन्नलाई घुन पुतली नलागोस भनेर गरीने गरीएको कुरा प्रष्ट पार्दै गाउमा मनाईने साकलाको याद गर्नुभयो ।
कार्यक्रममा वोल्दै देव राना मगरले जनजातीको चाड पर्वलाई पनि सरकारले राष्ट्रिय मान्यता दिएको खुसी मान्दै यही राष्ट्रिय चाडको लिष्टमा किरात राईहरुको साकेला पनि परेको र यस चाडलाई कतारमा मनाउन पाउदा खुसी व्याक्त गर्नुभयो । ईन्द्रकुमार तामाङ्गले कार्यक्रम आयोजक संस्थका पदाधिकारीहरु धन्यवादको पात्र भएको वताउदै सवैलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका वोल्दै विशेष अतिथिले दुई वर्ष अगाडी कर्नेस पार्कमा मनाईएको साकेला नाचको संझना गर्दै आज भई रहेको यस कार्यक्रम पनि भव्य भएकोमा खुसी हुदै आयोजक संस्थालाई धन्यावाद दिनुभयो । हामी जनजाती जहिले पनि राज्य सत्तावाट उपेक्षित हुदै आएकोमा यस वर्षदेखी नेपाल सरकाराले जनजातीका केही चाडावाडलाई राष्ट्रिय चाडको रुपमा मान्यता दिएकोमा खुसी भएता पनि अझ सन्तुष्टी हुने समय नआई पुगेको कुरा वताउनु भयो । कार्यक्रमका प्रमुखअतिथि दील किरण खजुमले नेपाल प्रवासी जनजाती माहसंघ कतारले जनजातीको हकहितको सवालमा सधैं नै अगाडी रहेको कुराको जानकारी गराउदै भर्खरै पनि नेपाल संपन्न संविधान सभाको चुनावमा २६ जना मनोनयन गरीने सभासदहरु पिछडीएका जनजातीवाट नै परुन भन्नको लागी प्रेस वक्तव्यका साथ नेपाली दुतवास दोहा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र,लगायत दोहामा खुलेका चारवटा वैचारीक संसथालाई समेत वोदार्थ दिएको कुरा वताउनु भयो । राज्य सत्ताले हामीले दवाउने क्रम जारी नै रहे पनि अव वन्ने संविधानले जानजातीको भाषा,लिपी,संस्कृतिको संरक्षण र संवर्धनमा पहल गर्ने कुरामा आशावदी रहेको वताउनु भयो । अन्तमा आफ्नो जातीय पहिचाहनको लागी सवै जनजातीको एकतामा जोड दिदै कार्यक्रम आयोजक संस्थलाई धन्यावद व्यक्त गर्नुभयो । कार्यक्रममा लक्ष्मी गुरुङ्ग,मनुकमार सावाले पनि वोल्नु भएको थियो । कार्यक्रमको अन्तमा वोल्दै संस्था अध्यक्ष तथा कार्यक्रमका सभानायक चन्द्रशेर राईले यो कार्यक्रमक आयोजना गर्नुको अर्थ आफ्नो रिती थितीको संझना मात्र नभई राष्ट्रिय चाडको मान्यता पाएको खुसी वाड्नु पनि हो भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने प्रमुखअतिथि,विषेशअतिथि,अतिथिहरु कलाकारहरु,चेलीवेटीहरु अनि कार्यक्रममा पाल्नु हुने किरात तथा गैर किरातहरुलाई धन्यावादका साथ उभौलीको शुभकामना दिदै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा किरात राईहरुका चेलीहरुले माईतीहरुको खुसीमा राख्ने माईत -शीर उभाउने) चलन अनुसार छपन राईले राख्नु भएको माईतको पनि ग्रहण गरीएको थियो । भने कार्यक्रमको मध्य भागमा नारायण राईको नेत्तृत्वमा साकेला नाच पनि प्रस्तुत गरिएको थियो ।
Popularity: 45% [?]
This entry was posted
on Sunday, May 18th, 2008 at 2:13 pm and is filed under Qatar News.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply