Help from Qatar to Dolma Sherpa
| डोल्मा शेर्पा बचाउ समिति-कतार)ले सहयोग रकम पठायो | |
|
बिलबहादुर गुरुङ अप्रिल, २० कतार |
|
कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यू डण्डको सजाय सुनाइएकी नेपाली चेली श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि एनआरएन एनसीसी कतारको आव्हानमा कतारवासी नेपाली दाजुभाइ तथा दिदीबहिनहरुबाट संकलित कुल रकम क.रि. २९ हजार ६ सय २२ र डिराम्स ५० मात्र एनआरएनए-आइसीसी मार्फत डोल्मा शेर्पा बचाउ कोषमा पठाएको छ ।
यही हप्ता डोल्मा शेर्पा बचाउ समितिका संयोजक कमल मणी गुरागाइले एनआरएनए आइसीसीका सचिव सागर नेपालको उपस्थितिमा आइसीसी सदस्य तथा कतार प्रतिनिधि टि.बि.कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो ।
हालसम्म प्राप्त जानकारी अनुसार तमू बौद्ध सेवा समितिको तर्फबाट अमृत तमू मार्फत ५ सय ८०, कुमार तमू मार्फ ५ सय १६, टिकाराम तमू मार्फत ४ सय ८३, खड्क प्रवीण तमू मार्फत ४ सय ३१, जीवन तमू मार्फत ५२, हर्क तमू मार्फत ८ सय ९१ र मिलन तमू मार्फत १ सय ४५, केयर कम्पनीमा कार्यरत आप्रावासी तामाङ्ग समाज कतारका दिदीबहिनीहरु मिना तामाङ्ग र रमि मोक्तानको सकृयतामा ४ सय ८० र आप्रावासी तामाङ्ग समाज कतारका तर्फबाट १ हजार २८, कास्की आदर्श सेवा समाज कतारको तर्फबाट तिलक सापकोटा मार्फत १ हजार २ सय ५० र हिमलाल दर्जी मार्फत ५ सय ३१, एबिसी कम्पनीका नेपालीहरुबाट पूर्ण कार्की मार्फत १ सय ८८, कुमार श्रेष्ठ मार्फत २ सय ५४, दारिकु शेर्पा मार्फत ७६, सीताराम पाठक मार्फत २ सय २६ र ग्रुप फोरमा कार्यरत नेपालीहरुबाट ज्ञानेन्द्र अंगाई मार्फत ८ सय ९४ संकल गरि जम्मा रकम क.रि. ७ हजार ८ सय ३४ समितिका सदस्य बिलबहादुर गुरुङलाई प्राप्त भएको थियो ।
गुणबहादुर परियारको संयोजकत्वमा डिएक्सएन कतार नेपाली समुहबाट ४ हजार ३ सय ६६, कतार फ्यूल उकुदको नेपाली परिवारबाट कृष्ण राना मार्फत १ हजार ४ सय २८ र ५० डिराम्स, गुल्मी सेवा समाज कतारबाट द्रोणबहादुर बस्नेत मार्फत ४ सय ५३, अलमुप\mतार क्लिनिङ्ग कम्पनीमा कार्यरत नेपालीहरुबाट मिना मल्ल मार्फत ४ सय ३१, जन प्रगतिशील मञ्च दुखान एरियाबाट ८ सय ६५, नेपाली भान्छा घरबाट श्रीमती माला डंगोल मारर््र्फ १ हजार ९ सय ८५, ट्रष्ट एक्स्चेन्जबाट बबिता श्रेष्ठ मार्फत ४ सय ५०, गैर आवासीय नेपाली यातायात मजदुर संघ कतारबाट १ हजार ५ सय २३, बलराम सापकोटा मार्फत १ सय १, खोटाङ्ग जागृति सेवा समाजका तर्फबाट २ सय ८५, किरात याक्थुङ्ग एकता समाज कतारबाट ३ हजार ३ सय ७, नवलपरासी सेवा समाज कतारबाट ५ सय १, मोरङ्ग सुनसरी सेवा समाजबाट ३ सय ५६, प्रेम क्षेत्री मार्फत ग्रुप फोरमा कार्यरत नेपालीहरुबाट ८ सय ३६, सागर नेपालबाट ५ सय ५०, टि.बि.कार्कीबाट ३ सय ६४, कमल गुरागाइबाट १ सय ८५, तेजेन्द्र महतबाट ५ सय, प्रज्ञानउदासबाट २ सय १, राधाकृष्ण देवबाट १ सय १, महरम नधदबाट १ सय १, डा.देवकाजी डंगोलबाट ७ सय २८, बद्रि पाण्डेबाट ७ सय २८, श्रीमती सुनिता पाण्डेबाट ३ सय ६४ साथै श्रीमती पाण्डेको सकृयतामा ६ सय ४४ र जय अकला देवी प्रवासी सेवा समाज दोहा कतारका तर्फबाट पदम बहादुर बि.क. मार्फत ४ चय ३५ संकलन गरि जम्मा रकम क.रि. २१ हजार ७ सय ८८ र डिराम्स ५० मात्र समितिका संयोजक कमलमणी गुरागाइलाई प्राप्त भएको समाचारमा जनाइएको छ ।
Popularity: 32% [?]
Leave a Reply