Cultural event in Qatar
| नयाँ वर्ष२०६५ को अवसरमा कतारमा शुभकामना साँझ २०६५ सम्पन्न | |
|
मनोज बस्नेत अप्रिल, १६ कतार |
|
नयाँ वर्ष२०६५ को अवसर पारेर खोटाङ्ग सेवा समाज र किराँत र्राई यायोक्खा शाखा कतारको आयोजनामा शुभकामना साँक्कृतिक साँझको आयोजना गत शुक्रवारका दिन दोहाको अमिर सिनेमा हलमा सम्पन्न भएको छ ।
नयाँ वर्ष२०६५को २ दिन अगावै आयोजना गरिएको उक्त शुभकामना साँस्कृतिक साँझको अध्यक्षता शिराँत र्राई योयोक्खा कतार शाखाका अध्यक्ष चन्द्रसेर र्राईले गर्नु भएको थिएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाली
राजदुतावासका प्रथम सचिव रामकाजि खड्का रहनु भएको थियो । कार्यक्रमको उद्घाटन प्रथम सचिव रामकाजी खड्काले दिप प्रज्वलन गर्दै शुरू गर्नुभएको थियो । कार्यक्रमको विषेश अथितीको रुपमा जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्ग, एन.आर.एन आर् इ सि सि का सचिव सागर नेपाल, तथा अतिथीहरुमा एन आर एन ए आई सि सि का कतार प्रतिनिधी टि वि कार्की, नेपाली राजदुतावासका सहचारी पे्रम वराल, नेपाल कतार पत्रकार संघका महासचिव कुमार कार्की, राजधानी साप्ताहिकका संवाददाता रवि भट्ट, नयाँ नेपाल अनलाइन डटकमका मनोज बस्नेत, जन प्रगतिशिल मंच कतारका अध्यक्ष जर्नादन गिरी, मोरङ्ग सुनसरी सेवा समाजका अध्यक्ष्य बाशुदेव खडका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतारका सि एम र्समा नविन, जन सास्कृतिक मञ्चका शेर बहादुर परियार, तमु समाजका बुधबल गुरूङ्ग आदिको उपस्थिती रहेको थियो । कार्यक्रमका अतिथीहरु तथा दर्शकहरुलाई स्वागत मन्तव्यद्धारा संस्थाका सल्लाहकार अर्जुन र्राईले
स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो । कार्यक्रमका सम्पूर्ण अतिथीहरुलाई आयोजक प्रतिनिधिहरुद्धारा व्याज वितरण गरिएको थियो ।
नेपालमा संविधानसभा निर्वाचनको मतगणना भईरहेको अवस्थामा कतारमा आयोजना गरिएको उक्त कार्यक्रमका को शुरुवात नेपाली राष्ट्रियगानवाट शुरु भएको थियो । कार्यक्रममा बाल कलाकार अस्मिता नेपालले झल्झलि आँखामा नामको रिमिक्स गितमा सुन्दर नृत्य पर्दर्सन गरेर सम्पूण दर्शकहरुलाई मनोरंजन प्रदान गरेकी थिईन् कार्यक्रममा कतारमा कार्यरत विभिन्न क्षेत्रका भने र्कायक्रम सन्चालक बिक्रम तथा विच-चिमा मिठा मिठा माया प्रितीका कुरा गरेर , कहिले एकले अर्कालाई धोका दिएको त कअिले भर्खरै मात्र भएको सभिधान सभाको मतदनमा नेकपा माववाधिका कम्रेट प्रचण्डले मैले त चुनाव हारे नि भन्दै गरेको फोनमा कुरा गरेको अभिनय गर्दै सम्पूर्ण दर्शकहरुलाई पेट मिचि मिचि हसाउँन सफल भएका थिए ।
कार्यक्रममा आयोजक ससंथा खोटाङ्ग सेवा समाजको प्रयास नामक चौमासिक मुखपत्रको कार्यक्रमका प्रमुख अतिथी, विषेश अतिथीहरुवाट संयुक्त रुपमा विमोचन गरिएको थियो । त्यस्तै कार्यक्रममा नृत्यङ्गना गरिमा पौडेलको आज वाह्र हाते पटुकि कुरा गर मायालु ……नामक गितमा नृत्य गरेकि थिईन् । गायक रविन र्राईले नेपाली चलचित्रको गित गाएर दर्शकलाई नचाएका थिए भने कार्यक्रमममा नवोदिन नृत्यङ्गगना शितल तमु, मोनिका, हाँस्य कलाकार आशिष सुव्वा लगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो भने भारतिय गायिका लिला उदेशियाले नेपाली वोलको गित गाएर सम्पूर्ण दर्शकहरुवाट जोडदार ताली पाएकि थिईन् ।
कार्यक्रममा नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का, भन आरएन ए आई सि सि का सचिव सागर नेपाल तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्गले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदैं सागर नेपालले भन्नुभयो, दोहामा पहिलो पल्ट पुरै नयाँ अनुहारका युवाहरुको जमातले आयोजना गरेको कार्यक्रम एकदम नै सफल हुने र दोहा भन्दा टाढा रास्लफानमा रहेर पनि दोहाका दर्शकहरुलाई मनोरञ्जन पंदान गर्न सकेकोमा हार्दिक धन्यवाद व्यक्त
गर्नुभएको थियो । कार्यक्रम सुरुहुनु भन्दा आधा घण्टा अघि सम्म दुइ-चार जना सम्म यसरी जम्मा नभएको हलमा कार्यक्रम सुरु हुन नपाउँदा हलभरिको भिडले कार्यक्रमलाई सफलता तर्फडोर्याएको थियो ।
कार्यक्रम नयाँ वर्षो शुभकामना आदान प्रदान गर्नका लागि आयोजना गरिएको कारणले पनि नयाँ वर्षो शुभकामना साटासाटका धेरैको त्तयान खिचिएको थियो । त्यस्तै भर्खरै सम्पन्न संविधानसभाको चुनावमा भाग लिएर दोहामा आई पुगेकि पवित्रा खड्काले पनि नेपालमा नयाँ वर्षमनाउन नपाए पनि कतारमा आयोजना गरिएको यो कार्यक्रममा निक्कै आनन्द आएको धारणा राखेकि थिईन् ।
Popularity: 32% [?]
Leave a Reply