Budha Jayanti Celebrating in Qatar
|
कतारमा २५५२ औं बुद्ध जयन्ती मनाउने तयारी
|
|
स्वयम्वर सिंह लामा /बुधबल गुरुङ४ मई, दोहा, कतार प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृतीलाई निरन्तरता दिने क्रममा कतारमा रहेका बौद्ध धर्मवलम्वीहरुले विगतमा झैँ यस बर्षको २५५२ औं बुद्ध जयन्ती यहि आउँदो २३ मे २००८ का दिन भव्य रुपमा मनाउने तयारी भै रहेको छ । बीर बहादुर लामाको संयोजकत्व तथा तेन्जीङ शेर्पाको सह संयोजकत्वमा गठित १३ सदस्यीय २५५२ औं बुद्ध जयन्ती मूल समारोह समितिले यही मई महिनाको २३ तारीखका दिन विहान ९ बजे देखि नेपाली राजदुतावासको सभाकक्षमा कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । स्मरण रहोस आयोजक संस्थाहरु आप्रवासी तामाङ समाज कतार , तमू बौद्ध सेवा समिति शाखा कतार र प्रवासी शेर्पा संघ कतारको १८ अप्रिल २००८ को बृहत्तर भेलाले १३ सदस्यीय २५५२ औं बुद्ध जयन्ती मूल समारोह समिति गठन गरिएको थियो । कतारमा बुद्ध जयन्ती मनाउने कार्यक्रमको शुरुवात तमू बौद्ध सेवा समिति शाखा कतारले गरेको थियो । २५४९ औं बुद्ध जयन्ती तमूहरु एक्लैले मनाएता पनि २५५० औं र २५५१ औं बुद्ध जयन्ती आप्रवासी तामाङ समाज कतार र प्रवासी शेर्पा संघ कतारको संयुक्त आयोजनामा मनाउदै आई रहेको छ । उक्त दिन भगवान बुद्धको जन्म जयन्ती मनाउन कतारमा रहनु भएका सबै बौद्ध धर्मालम्बी दाजुभाई तथा दिदी बहिनीहरु समक्ष कार्यक्रममा उपस्थित भई भगवान बुद्धको पूजा आराधना गरि प्रशाद ग्रहण गरि दिनु हुन समेत कार्यक्रम आयोजक समितिले अनुरोध गरिएको छ ।
यसका साथै भगवान गौतम बुद्धसँग सम्बन्धीत लेख रचनाहरु वा कविताहरु वाचन पनि गरिने भएकोले ईच्छुक साहित्यकारहरु तथा प्रतिभाहरुले २५५२ औं बुद्ध जयन्ती मूल समारोह समिति सँग समयमा नै सम्पर्क राख्नुहुन पनि आव्हान गरिएको छ ।
|
Popularity: 34% [?]
This entry was posted
on Monday, May 5th, 2008 at 5:55 pm and is filed under Qatar News.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply