Buddha Jayanti Celebrated in Qatar
|
कतार २५५२ औं बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न |
स्वयम्वरसिंह लामा २४ मई, कतार
आप्रवासी तामाङ्ग समाज कतार, प्रवासी शेर्पा संघ कतार, तमू बौद्ध सेवा समिति कतार र थारुकल्याणकारी सभा कतारको संयूक्त आयोजना, प्रवासी शेर्पा संघ, कतारका अध्यक्ष श्री तेन्जी शेर्पाको कार्यक्रमसंयोजन र प्रमुख लामा गुरु बीर बहादुर लामा तामाङको पुजा संयोजनमा अन्य लामा गुरुहरु गरफ लामा, थर्चा लामा, कुन्साङ लामा, दावा लामा, गोविन्द लामा, दल लामा (गुरुङ), शेर्पा लामाहरुमा ल्हाक्पा छिरिङ शेर्पा र छिरिङ शेर्पाको सहभागीतामा नेपाली राजदुतावासको सभाकक्षमा २३ मई का दिन २५५२ औं बुद्ध जयन्ती समारोह भव्यताका साथ सम्पन्न गरियो ।
प्रवासी शेर्पा संघको कोषाध्यक्ष निमा शेर्पा र विनेश तामाङको पूजा समाग्री व्यवस्थापन, तमुबौद्ध सेवा कतार शाखाको हल व्यवस्थापनमा नेपाली राजदुतावासको सभाकक्षमा सजाएका कर्म सिं लामा तामाङ द्धारा निर्मित बौद्ध गुम्बाको प्रतीक स्थापना गरिएको थियो भने सभाहलको सजावटकार्य आप्रबासी तामाङ समाज कतारका साँस्कृतिक संयोजक पासाङ तामाङका साथमा श्याम तामाङ, दावा तामाङ र पन्च तामाङ व्दारा गरेका थिए । कार्यक्रमकक्षभित्र प्रवेश गर्दा कुनै प्रशिद्ध बौद्ध गुम्बा भित्र प्रवेश गरेको जस्तो अनुभव हुने गरि सजावट गरेका थिए । यस बर्षदेखि थारु कल्याणकारी सभा कतारले पनि बुद्ध जयन्ती आयोजकको रुपमा सहभागिता जनाएका थिए । आयोजक समितिका संयोजक तथा प्रवासी शेर्पा संघका अध्यक्ष तेन्जीङ शेर्पाको सभापतित्वमा स्वयम्वरसिंह लामा व्दारा सन्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासको प्रथम सचिव रामकाजी खड्का, विशेष अतिथि नेपाल प्रवासी आदीवासी जनजाती महा संघका कतारका महासचिव सेलिङ केसी तथा अतिथिहरुमा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य टि.बी.कार्की, गैरआवासीय नेपाली संघ, कतार च्याप्टरका उपाध्यक्ष दिल किरण खजुम, नेपाल, इन्जिनियर्स एशोसिएशन कतारको अध्यक्ष नारायण प्रशाद चौधरी, किराँत राई यायोक्खा शाखा, कतारका उपाध्यक्ष जनक राई रिसिम, नेपाल प्रवासी मगर संघ, कतारका अध्यक्ष छत्रबहादुर घले मगर, किरँत याक्थुङ एकता समाज, कतारका महासचिव ज्ञानेन्द्र पन्त, नेपाल दराई संघ कतारका सल्लाहकार देव नारायण दर्राई, नेपाली जन प्रगतिशील मञ्च, कतारका सल्लाहकार सुशिल खड्का, राजधानी साप्ताहिक कतारका प्रवन्ध निर्देशक आशिस शेर्चन, राजधानी साप्ताहिककै उपसंपादक दिपक पौडेल, नेपाली राजदुतावासका सहचारी प्रेम बोहोरा, नेपाली जनसम्पर्क समिति, कतारका संयोजक नरेन्द्र भाट, सिन्धुपाल्चोक यूवा सृजना समुहको अध्यक्ष चक्र बहादुर गोले, खोटाङ यूवा जागृती सेवा समाजका अध्यक्ष राम गुरुङ, प्रवासी नेपाली सर्म्पर्क मञ्चका उपाअध्यक्ष बीर बहादुर थापा र कतार नेपाली एकता समाजका सिचव गंगा सुवेदी उपस्थित् हुनुहुन्थ्यो र साथै आयोजक संस्थाहरु आप्रवासी तामाङ समाज कतारका अध्यक्ष सुक बहादुर तामाङ, तमुबौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष जगन गुरुङ र थारुकल्याणकारी सभाका अध्यक्ष विद्यानन्द चौधरी, आप्रवासी तामाङ समाजकै प्रमुख सल्लाहकार जी.बी. तामाङ, तमुबौद्ध सेवा समितिका सल्लाहकार बील बहादुर गुरुङ तथा अन्य भक्तजनहरुको उपस्थिति पनि उल्लेखनीय रुपमा भएका थिए ।
तीन चरणमा विभाजन गरी सम्पन्न उक्त कार्यक्रममा बिहान नौ बजे देखी अनौपचारिक रुपमा लामा गुरुहरुले पुजापाठ गरी दोस्रो चरणमा औपचारिक कार्यक्रमसन्चालन गरेको थियो । औपचारिक कार्यक्रमको अन्तमा लामा गुरुहरु बाट उपस्थित् अतिथिहरु र भक्तजनहरुलाई वाङ (आशिर्वाद सहितको पन्चामृत) र प्रशाद वितरण गरि सम्मान गरियो ।
आयोजक समितिहरुको कलाकारहरु व्दारा गाएको राष्ट्रियगान र स्वदेश गान बाट शुरु भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का द्धारा कार्यक्रमको लागि निर्मित गुम्बाको प्रतीकमा बत्ति बालेर गर्नु भएको थियो । तमुबौद्ध सेवा शाखा कतारका अध्यक्ष जगन गुरुङको स्वागत मन्तव्य तथा तमुबौद्ध सेवा शाखा कतारका आजीवन सदस्य अमृत घले व्दारा बुद्ध धर्म सम्बन्धी जानकारी दिनुका साथै कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुले बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका थिए । साथै तामाङ समाजका संस्थापक सचिव तथा सल्लाहकार विनेश तामाङले नेपालका बौद्धमार्गीहरुको संख्यात्मक तथ्याङ्क सहभागी भक्तजनहरु सामु प्रस्तुत् गरेका थिए । उक्त कार्यक्रमको शुभावसरमा सबैले शान्तीको अग्रदुत गौतम बुद्धको अहिंसाको मार्गलाई अवलम्बन गर्दै वैरभावलाई त्यागी धार्मिक शहिष्णुता, मानव जगत लगायत समस्त प्राणी प्रति दया करुणा र भाईचाराको भावना सदा कायम रहोस् तथा देशमा दीगो शान्तीको पुनर्स्थापनाको साथै उपस्थित् भक्तजनहरुको व्यक्तिगत एवं परिवारिक जीवनमा सुख शान्तीको निम्ती शुभकामना व्यक्त गरेका थिए । बुद्ध जयन्ती जस्तो राष्ट्रिय अन्तराट्रिय मान्यता पाएका पर्वमा नेपाली राजदुतावास आफैले प्रवासमा रहेका नेपालीहरुलाई बुद्ध जयन्तीको लागि आव्हान गर्नु पर्नेमा बुर्द्धधर्मवम्बीहरुले आयोजना गरेका कार्यक्रममा समेत नेपाली राजदुतावासको महामहिम राजदुत डा. सूर्यनाथ मिश्र अनुपस्थित् हुनु भएकोमा आयोजक कमितिले आश्चार्य ब्यक्त गर्दै अर्थपूर्ण रुपले लिएका छन् भनि कार्यक्रमसंयोजक तथा सभापति तेन्जीङ शेर्पाले भन्नु भयो, साथै उहाँले आउदो बर्षदेखि संयूक्त रुपमा बुद्ध जयन्तीको आयोजना नेपाली राजदुतावासको आव्हानमा संघ संस्थाहरुले गर्नु पर्ने र उक्त कार्यक्रमहरुमा सहभागी हुन चाहाने कुनै पनि संघ संस्थाहरुलाई खुलेर स्वागत गर्ने कुरा पनि व्यक्त गर्नु भयो । |
Popularity: 63% [?]
Leave a Reply