डोल्मा शेर्पाको जीवन रक्षाको लागि अपिल


____________________________________________________बिल बहादुर गुरुङ
दोहा,कतार 

दोहा, १८ फरवरी २००८ । कुवेतको अदालतले मृत्यु दण्डको सजाय सुनाईएकी नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षाको लागि सहयोग गर्न नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले एक प्रेष विज्ञप्ती मार्फत अपिल गरेको छ ।

मृत्यू दण्डको सजाय आफैमा मानवअधिकारको सामान्य स्थापित सिद्धान्त विपरित हो भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैले शेर्पाको जीवन रक्षाको आवश्यक पहल गर्न नेपाल सरकारसंग जोडदार माग गर्दै मानवअधिकार संघ संस्थाहरुमा आवश्यक सहयोगको लागि अनुरोध गर्दछौं- महासंघका अध्यक्ष अमृत गुरुङद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तीमा उदृत गरिएको छ ।

हालै नेपाल सरकार परराष्ट्र मन्त्रालयले श्रीमती शेर्पाको जीवन रक्षाको लागि कुवेतको अदालतमा पुनरावेदन गर्न आवश्यक पर्ने आर्थिक संकलनका लागि देश विदेशमा रहनु भएका सबै नेपालीहरुलाई सहयोगको लागि गरेको आव्हान प्रति कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आवश्यक सहयोग गर्न हार्दिक अपिल गर्दछौं विज्ञप्तीमा अगाडि भनिएको छ ।

Popularity: 89% [?]