कतारमा नेपालीलाई भिसा रोक्का

कतार सरकारले तीन सातादेखि नेपाली कामदारलाई भिसा दिनमा रोक लगाएको छ । भिसा रोकबारे दोहास्थित नेपाली दूतावास र अन्य निकायमा औपचारिक जानकारी नरहेको भए पनि स्थानीय म्यानपावर व्यवसायीका अनुसार जनवरी अन्तिम सातादेखि नयाँ भिसा दिइएको छैन । दूतावासमा पनि जनवरी दोस्रो सातासम्म पुरानो मागमा आएका भिसा कागजात मात्रै अनुमोदन गर्ने काम भइरहेको छ स्रोतका अनुसार जनवरी २३ यता कतार सरकारले एउटै पनि कामदार भिसा प्रदान गरेको छैन । त्यसअघि जनवरी २१ मा श्रममन्त्री रमेश लेखकले दोहा आएर नेपाल-कतार श्रम सम्झौता गरेका थिए । अहिले कतारमा २ लाख ६६ हजार नेपाली कामदार रहेको सरकारी तथ्यांक आधारमा नेपालीको बढ्दो संख्यालाई रोक्न केही समयका लागि भिसा रोकिएको हुनसक्ने स्थानीय उद्यमी डा. डीके डंगोलले बताए ।

Popularity: 70% [?]