कतारमा आधारभुत समाचार संकलन तथा लेखन विषयक कार्यशाला गोष्ठि सम्पन्न

कुमार कार्की
दोहा,

________________________________________________________________

नेपाल कतार पत्रकार संघको आयोजनामा गत शुक्रवार कतारको दोहामा आधारभुत समाचार संकलन तथा लेखन विषयक एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

संघको आयोजनामा आयोजित सो एक दिने कार्यशाला गोष्ठि संघका सभापति नेत्र खनालको सभापतित्व तथा प्रमुख अतिथीको रुपमा नेपाली राजदूतावास कतारका महामयिम राजदूत डा. सुर्यनाथ मिश्र, अतिथीहरुमा एन.आर.एन.ए.आ.इ.सि.सि.का सचिव सागर नेपाल, कतार प्रतिनिधी टि.वि. कार्की, कतार च्याप्टरका अध्यक्ष कमलमणि गुरागाँइ लगायतको उपस्थिती रहेको थियो ।

nqj-3.JPG

पत्रकारिताको आधारभुत ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त एकदिने कार्यशाला गोष्मिा प्रशिक्षण दिने क्रममा नेपाली टि.भि.यु.के.का अनन्त नेपालले टेलिभिजन मिडियाका वारेमा प्रशिक्षण दिएका थिए । टेलिभिजन मिडियाका लागि कसरी समाचार संकलन गरिन्छ र कसरी प्रसारण गरिन्छ भन्ने वारेमा विस्तृत जानकारीका साथमा प्रशिक्षण प्रदान गरेका थिए साथै टेलिभिजन मिडियाका लागि समाचार सम्पादन गर्ने विधि र प्राविधिक पक्षका वारेमा सहभागिहरुलाई प्रस्ट्याएका थिए । समाचार संकलनका वारेमा जानकारि दिदैं प्रसारणका लागि योग्य समाचार कसरी तयार गर्ने र समाचारको श्रोत कहाँ कहाँ वाट लिन सकिन्छ भन्ने वारेमा विस्तृत जानकारी प्रदान गरेका थिए ।

छापा पत्रकारिताका वारेमा जानकारी गराँउदै समाचार संकलन तथा लेखनका वारेमा राजधानी साप्ताहिकका दिपक पौडेलले प्रशिक्षण दिएका थिए । विशेष गरेर छापा प्रकाशनका लागि समाचार कसरी संकलन गर्न सकिन्छ भन्ने विषयमा आधारित रहेर दिएको प्रशिक्षणमा समाचार लेखनमा ध्यान दिनु पर्ने कुराहरुलाइ पनि प्रस्तुत गरिएको थियो । दिनानु दिन वढ्दै गईरहेको छापा पत्रकारिताको विषयलाई लिएर पत्रिकालाई पाारदर्शि र प्रभावकारी कसरी वनाईन्छ भन्ने विषयमा जानकारी दिएका थिए । छापा पत्रकारितामा समाचार संकलन, सम्पादन, लेखन र विषयवस्तुको महत्वको वारेमा प्रकाश पारेका थिए ।

नेपाल कतार पत्रकार संघका तर्फाट संघका सभापति नेत्र खनालले पत्रकारिताको आधारभुत ज्ञानका साथ साथै प्रेस स्वतन्त्रता र पे्रस आचार संहिताका वारेमा प्रशिक्षण दिएका थिए । पत्रकारहरुले अवलम्वन गर्नुपर्ने आचारसंहिताका वारेमा प्रस्ट्याउनु भएको थियो ।

जम्मा ४७ जना प्रशिक्षार्थीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल कतार पत्रकार संघका महासचिव कुमार कार्कीले संचालन गरेका थिए । कार्यक्रमको प्रथम चरण चरणमा उपस्थित प्रशिक्षार्थीहरुलाई स्वागत मन्तव्यद्धारा संघका सदस्य श्री विरवहादुर दर्नालले स्वागत गरेका थिए भने दोश्रो चरणको कार्यक्रममा राइ रमेश गाँउले स्वागत मन्तव्य राखेका थिए ।

प्रशिक्षणको समाप्ति पछि आयोजित समापन कार्यक्रमम नेपाली राजदूतावासका महामयिम राजदुत डा. सुर्यनाथ मिश्रले आफ्नो मन्तव्य राख्दै पत्रकारहरु देशको संवाहक भएको कुरा गर्दै आफ्नो सिद्धान्तमा अडिग रहेर स्ततन्त्र पत्रकारिता गर्नु पर्ने कुरामा व्यक्त गरेका थिए । साथै पत्रकारिता पनि विज्ञानको एउटा पाटो भएको कुरा व्यक्त गर्दै पत्रकारहरुले अनुसन्धानात्मक भएर पत्रकारिता गरे समाजमा परिवर्तन गर्न समिने कुरा व्यक्त गरेका थिए, राजदूत मिश्रले । कार्यक्रममा वोल्दै गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपालले पित पत्रकारितालाई पन्छाउदै स्वच्छ पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिदैं प्रशिक्षार्थी पत्रकारहरुले स्वतन्त्र पत्रकारितामा ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै आफ्नो मन्तव्य राख्ने क्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कतार प्रतिनीधि टि.वि. कार्कीले पत्रकार संघले नेपाल पत्रकार महासंघको मान्यता लिनका लागि पहल गर्नुपर्ने र पत्रकारिता सिक्न चाहनेका लागि वाराम्वार यस्ता गोष्ठिको आयाजना गर्नुपर्ने कुरा व्यक्त गरेका थिए । त्यस्तै एन आर एन ए कतार च्याप्टरका अध्यक्ष कमलमणि गुरागाँइले पत्रकारहरु समाज विकासका संवाहक भएको कुरा व्यक्त गर्दै नेपालको जनआन्दोलन भाग दुइ सफल वनाउन पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको धारणा व्यक्त गर्दै स्वतन्त्र भएर कलम चलाउनका लागि डराउन नहुने कुरा व्यक्त गरेका थिए । कार्यक्रमको शुभकामना मन्तव्य दिने क्रममा राजधानी साप्ताहिकका प्रवन्ध निर्देशक आशिष शेरचन तथा गोष्ठिका प्रमुख प्रशिक्षक दिपक पौडेलले पनि आफ्नो मन्तव्य राखकेका थिए ।

कार्यक्रममको अन्त्यमा सम्पूर्ण सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रमुख अतिथी तथा संघका सभापतिको हातवाट प्रदान गरिएको थियो ।

स्मरण रहोस् यस अघी खाडी क्षेत्र मा नै पहिलो पटक २००६ मा कतार मा पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठ सम्पन्न भएको थियो।

Popularity: 35% [?]