अलखोरमा भलीबल प्रतियोगिता संपन्न

यही ८ फेब्रुअरी, २००८ का दिन अलखोरको सिमसिमामा नेपाली जनप्रगतिशील मंच , कतारको अलखोर एरिया समितीद्वारा आयोजित अन्तर नेपाली भलीबल प्रतियोगिता संपन्न भयको छ । 

अलखोर र सिमसिमा स्थित ७ टीम द्वारा भाग लिइएको उक्त प्रतियोगिता नेपाली जनप्रगतिशील मंच , कतारका केन्द्रीय उपाध्यक्ष तथा अल्खोर एरिया समितीका संयोजक चट्टान के.सी. ले उद्घाटन गर्नु भएको थियो।  अलखोर एरिया समितीका प्रमुख सल्लाहाकर महेन्द्र न्यौपानेको सभापतित्व, लारी एक्सचेंजका परशुराम भट्टाराईको प्रमुख अत्तिथ्य तथा नेपाली जनप्रगतिशील मंच , कतारका केन्द्रीय अध्यक्ष जनार्दन गिरीको बिषेश अत्तिथ्यमा सम्पन्न समापन समारोहको संचालन धनराज बि.क. ले गर्नुभयको थियो अन्य अतिथि हरु मा नेपाली जनप्रगातिशील मंचका केन्द्रीय उपाध्क्ष्य चट्टान के.सी., अ. ने. सा. स. कतारका अध्यक्ष दीपक भेटावल नेपाली जनप्रगतिशील मंच , कतार  अलखोर एरिया समितिका अध्यक्ष फुर्वा लामा , कान्तिपुर पब्लिकेशन्स का देवेन्द्र भट्टाराई, अल मिसनादका बिष्णु के. सी तुलसी सुबेदी लगायत का हुनुहुन्थ्यो। उक्त  भलीबल प्रतियोगितामा लांघली मिलीजुली स्पोर्ट्स क्लब प्रथम , ढोर पाटन स्पोर्ट्स क्लब द्वितीय , र अलखोर गामा कतार टीम तृतीय भयको थियो त्यास्तई बेस्ट प्लेयारमा दुर्गा भुर्तेल, पल परियार र बुद्धि परियार लाई बेस्ट एम्पेअर मा चयन गरियको थियो l बिजेता टीम हरु , बेस्ट प्लेयर तथा एम्पैर लाई प्रमुख अथिति परशुराम भट्टाराईले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो।

Popularity: 34% [?]