Program in Malaysia
मलेसियामा विजय उत्सव
मलेसिया - अप्रिल, १७
कार्यक्रम सहिदहरुको सम्झनामा एक मिनेटको मौनधारण पश्चात सुचारु रुपमा अगाडि बढाउँदै पार्टीका अध्यक्ष.प्रचण्ड र बाबुराम भट्टराईको फोटोमा सभापति लगायत सम्पूर्ण सहभागीहरुले अविरसहित अभिवादन गरेका थिए ।
संगठनका संयोजक श्याम भण्डारी (शक्ति) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्रीअभिलेख साप्ताहिकका रामचन्द्र गिरी, कुमार चेम्जोङ, केशव नारायण अधिकारी, विष्णु राना, शिवलाल सुवेदी अतिथि रहेका थिए।
अन्य उपस्थितहरु हरिराम भण्डारी, प्रविन मोक्तान, सोतोन चेम्जोङ, सुबास चेम्जोङ, कृतिमा चेम्जोङ, राजु जवेगु, पुरण आलम, गणेश कुमार चौधरी, रबिन्द्र कँडेल इन्द्र गिरी लगायत सयौको संख्यामा यहाँस्थित मजदुरहरुको उपस्थिति रहेको थियो।
मन्तब्यको क्रममा संगठनका प्रवक्ता विके कँडेल ले स्वागत मन्तव्यसंगै प्रवासमा क्रान्तिकारी संगठनको आवश्यकता तथा स्वदेशको राजनैतिक अवस्थाबारे विष्लेषण गर्नुभएको थियो ।
त्यसैगरी संगठनका उपसंयोजक बिद्रोही चेम्जोङले संगठनको गतिविधि प्रष्ट परेका थिए । साथै प्रवासमा रहेका सम्पूर्ण नेेपालीहरुलाई नेपाल कम्युनिष्ट पार्टी माओवादीले अग्रता कायम गरेकोमा प्रवासीहरु हषिर्त भएको कुरा पनि व्यक्त गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवारहरुले अत्याधिक मत ल्याएर विजयी भएको खुशीयालीमा उक्त कार्यक्रमको आयोजना गरेका संगठनका सचिव डिकेश भट्टराई ‘सन्देश‘ले जानकारी गराउँदै कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।
सर्वहारा बर्गको मुक्तिका लागि विश्वका मजदुरहरु एकभई लाग्नुपर्ने र मलेसियामा रहेका नेपालीहरुबीच भएको विकृति र विसंगतिको विरुद्धमा एक सभ्य समाज निर्माण गर्नका लागि उदाएको नेपाल कम्यूनिष्ट पार्टी -माओवादी)प्रति समर्पित नेपाल क्रान्तिकारी संगठन मलेसियामा रहनुभएका सम्पूर्ण मजदुर, बुद्धिजिवी, ब्यापार-ब्यावसायी, विद्यार्थी तथा संघ-संगठन काँधमा काँध मिलाई अगाडि बढ्न आव्हान गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
Popularity: 34% [?]
Leave a Reply