‘Numaphung’ in Malaysia

नुमाफुङ अब मलेसियामा पनि प्रदर्शन गरिने
देवेन्द्र
जुन, ४   मलेसिया  
——————————— 

लिम्बू जातिको सुनौली रुपौलीलाई आधार बनाएर तयार पारिएको चलचित्र नुमाफङ अब मलेसियामा चाँडै प्रदर्शन हुने भएको छ।

विभिन्न अवसरमा पुरस्कृत चलचित्र नुमाफुङ एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनिएको छ । काजिमान कन्दङ्वाको कथा घरबार कि कारोबारबाट फिल्माङ्कन गरिएको उक्त चलचित्रका निर्देशक नवीन सुब्बा हुन् ।

 छविलाल हाङश्रोङद्धारा निर्माण भएको नुमाफुङमा अनुपमा सावदेन, निङ्वाहाङमा सावदेन, आलोक नेम्बाङ, प्रेम सुब्बा, रमेश सिङ्गक, राज थापा, राममाया तुम्रोकले अभिनय गरेका छन ।

मलेसियाको लागि किरात याक्थुङ चुम्लुङ र पाँचथरे सम्पर्क समाजले प्रदर्शनको लागि जिम्मा लिएको छ भने प्रदर्शन संयोजक कृष्ण आङ्देम्बेले सम्पूर्ण कागजातहरु तयार पारिसक्नुभएको छ । चलचित्र मलेसियाभर प्रदर्शन गरिनेछ ।
 

Popularity: 76% [?]