Farewell to Bal Tamu
तमू समाज मलेशियाका अध्यक्षको विदाई
जुन, ५ काठमाडौं
———————————————————–
मलेसियाको सकि्रय संस्था नेपाल तमू समाजका अध्यक्ष बल तमू आफ्नो कम्पनीको कार्यकाल पूरा भएको कारण संस्थाबाट बिदा लिनुभएको छ ।
पोखराको रमणीयस्थल धम्पूसमा जन्म लिनुभएका तमू भूतपूर्व इण्डिया आर्मी हुन् । पाँचवर्ष अगाडि मलेसिया भित्रिएका तमूले नेपाल तमू समाजको स्थापनाकालदेखि नै सकि्रय रही सदस्य तथा कार्यसमितिका जिम्मेवार पदाधिकारी हुँदै अध्यक्ष सम्हाल्न पुगेका थिए ।
उहाँको सकि्रयतामा मलेसियामा धेरै कार्यक्रमहरु सम्पन्न भएका छन भने उहाँको सम्पादकत्वमा प्रवासी तमू आवाज नामक वार्षिक पत्रिका पनि प्रकाशित भईरहेको थियो । वार्षिक कार्यक्रम ल्होछारको संयोजन गरी कार्यक्रमको सिडी प्रकाशन चलचित्र प्रदर्शनमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।
विदाई कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष केश तमूले गर्नभएको थियो भने अतिथिहरुमा नेपाल तमू समाजको सल्लाहकार कर्मा तमू बल बहादुर तमू कास्की सम्पर्क माच परिवारका चेलीहरु रहेका थिए ।
नेपाल तमू समाजका सांस्कृतिक कार्यक्रम संयोजक अगम तमू कलाकार अरमन तमू सुमन तमू ओम तमू छवि तमू इन्द्र थापा मगर रविना तमूस्यो बदि्रका तमूस्योले विदाई मन्तव्य दिनुभएको थियो । र सल्लाहकारहरुबाट खादा ओढाई उहाँको कार्यकालको सम्मान गरेका थिए ।
उहाँको विदाईपश्चात अध्यक्षको रिक्त पदमा समाजको भूपू कोषाध्यक्ष याम तमूलाई नियुक्त गरिएको छ ।
त्यसैगरी उपाध्यक्ष केश तमू सचिव छवि तमू सहसचिव सूमन तमू कोषाध्यक्ष मोहन तमू रहेका छन् । कार्यक्रमको सभापतित्व गरिरहेका उपाध्यक्ष केश तमूले भूतपूर्व हुनुभएका बल तमूलाई शुभयात्रा तथा नवनियुक्त अध्यक्ष याम तमूलाई बधाई तथा सपथ ग्रहण गराउनु भएको थियो ।
Popularity: 74% [?]
Leave a Reply