Conference in Malaysia
मलेसियामा अन्तर्क्रियात्मक विचार गोष्ठी सम्पन्न
क्वालालम्पुर/मलेसिया
२२ अप्रिल, ०८ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया च्याप्टरको आयोजनामा सोमबार क्वालालम्पुरमा एक अन्तक्रिर्यात्मक विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा मलेसियास्थित नेपाली राजदूत, नेपाली संचारकर्मी विभिन्न संघ-संस्थाका प्रतिनिधी, सिर्जनशिल, विद्यार्थी, व्यवसायी लगायत अन्य श्रमिकहरुको उपस्थिति थियो ।
अनेसास मलेसियाका अध्यक्ष इन्द्र नारथुङ्गेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि राजदूत डा. ऋषिराज अधिकारी हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा मलेसियामा सञ्चालित रेमिटान्सका प्रतिनिधीहरु हुनुहुन्थ्यो ।
कार्यक्रमको पहिलो चरणमा अतिथिहरुको आसनग्रहण संगसंगै मन्तव्य राखिएको थियो, मन्तव्यको शुरुवात मलेसियामा अध्ययनरत देबेन्द्र सुर्केलीबाट शुरु गरिएको थियो सुर्केलीले भने “संविधान सभाको नतिजा साँचो भए पनि मलाई चिक्त बुझेको छैन जुन मैले आशा गरेको थिए त्यो उल्टो भएको छ । जेहोस मैले नसोचेको परिणाम आयो, उनले जनजाति बिषयलाई उठाउदै भने आदिवासी जनजातिहरुलाई धेरै क्षेत्रबाट चुनावमा उठाइएको छ तर जनजाति प्रतिनिधित्व गर्ने व्याक्तिहरुले सिट जितेनन् संविधान सभाका लागि चुनिएनन् । यस्तो अवस्थामा संघिय गणतन्त्र कसरी सम्भव हुन्छ भन्ने प्रतिप्रश्न गर्दै संघिय गणतन्त्र सम्भव नभएको धारणा व्यक्त गरेका थिए ।
यसैगरी अन्य वक्ताहरुको बोलीसकेपछि अन्तमा राजदूत अधिकारीले “देश एउटा परिवर्तनको संघारमा छ, त्यसलाई सफल पार्नु हामी सबै जनाताको दायित्व हो, हामीले यस कार्यमा सहयोग गर्नुपर्दछ, हामी अहिले पार्टी-व्याक्तिको पछि छोडेर देशको पछि लाग्नु आवश्यक छ हामी सबै मिलेर गयौ भने हाम्रो माग पुरा नहुने त कुरै भएन, माग पुरा भएन भनेर फेरि अर्को आन्दोलन मच्चायौ भने पुनः त्यही पुरानो हत्या, हिंसा, आतंकको इतिहास दोहोरिने छ । हामी अब परिवर्तित नेपालमा हामी हाम्रो कर्तव्य र अधिकार संगसंगै लैजाने छौ भन्दै आफ्नो कुरा व्यक्त गरेका थिए ।
कार्यक्रम विशेष देशको परिवर्तित राजनीतिक अवस्थामा सामाजिक, आर्थिक, सांस्कृतिक र मानसिक परिवर्तनको लागि प्रवासमा रहेका युवाहरुको दायित्व विषयक अन्तर्क्रियामक विचार गोष्ठी भनिएता पनि वक्तव्यको क्रममा वक्ताहरुले विभिन्न बुँदाहरु उठाएका थिए, भने पुनः अर्को चरणको अन्तर्क्रियामक कार्यक्रममा त्यसको खण्डन तथा टिपणी गरिएको थियो ।
Popularity: 30% [?]
Leave a Reply