मलेशियामा जिवा ल्होछार साँझ सम्पन्न
मलेशियाको क्वालालम्पूरस्थित मिस्थिकको कोतरया कम्प्लेसको नाट्य हलमा प्रवासी तामाङ एकता समाज मलेशियाको आयोजनामा यहि १० फरवरिका दिन २८४४ औं जिवा ल्होछार साँझ हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि मलेशियास्थित राजदूत डा. ऋषि अधीकारी हुनुहुन्थ्यो । प्रमूख अतिथिबाट बुद्धको तस्बीरमा खादा अर्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भएको थियो । उदघाटन लगतै लामा गुरुहरुले बौद्ध परम्पराअनुसार पूजा पाठ सम्पन्न गर्नुभएको थियो । कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरुलाई स्वागत गर्दै गणेशमान तामाङले स्वागत मन्तव्य राखेका थिए भने स्थानीय कलाकारहरुले फ्याफूल्ला बोलको गीतबाट स्वागत गरेका थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमूख अतिथि अधिकारीले सबै जनजातिहरुले आफ्नो संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्नुहुँदै जनजाति भनेको विभिन्न रङग जस्तै हुन्, विभिन्न रङगहरुले जस्तै विभिन्न जनजातिहरुले नेपाललाई सिँगारेको छ भन्नुभयो । उहाँले २८४४ औं जिवा ल्होछारको उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो । कार्यक्रममा ह्याङला साँस्कृतिक परिवारका कलाकारहरुले तामाङ गीत तथा नृत्यले दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए । साथै नव श्रृजनशील प्रवास साँस्कृतिक परिवार सि.पि.टि. समूह र तरेली समूहका कलाकारहरुले पनि कार्यक्रममा उपस्थित दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाए । कलाकारहरुलाई साथ दिँदै नाच्ने दर्शकहरु पनि कम थिएन । कार्यक्रममा मलेशियाका विभिन्न कम्पनीहरुमा कार्यरत तामाङ तथा अन्य जातिहरुको समेत वृहत उपस्थिति रहेको थियो । प्रवासी तामाङ एकता समाज मलेशियाका अध्यक्ष अमर लामाको सभापत्तित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव कुमार लामा र बिनो लामाले गर्नुभएको थियो । कार्यक्रमलाई सफल पार्न डिजि मलेशियाले विशेष सहयोग गरेका थिए ।
Popularity: 41% [?]
Tags: malaysia news, news of malausia
This entry was posted
on Thursday, February 14th, 2008 at 3:13 pm and is filed under Malaysia News.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply