नेपाल क्रान्त्रिकारी संगठनको पहलमा मलेसियामा पींडितहरुलाई न्याय दिलाए
काठमाडौ बानेश्वरस्थित केएल ईम्प्लाईमेन्ट सर्भिसबाट मलेसियाको मालाक्कामा रहेको बन्यार स्टार एसडिएन बिएचडिको कलिङ भिषामा साधारण कामदारको रुपमा मलेसिया आएका ४३ जना पींडित मजदुरहरुले “नेपाल क्रान्त्रिकारी संगठन” को पहलमा मलेसियास्थित नेपाली राजदूतावासबाट न्याय पाएका छन ।
कम्पनिले श्रमसम्झौताअनुसारको तलब सुबिधा लगायतका कामदारहरुले पाउने सामान्य सुबिधासम्म पनि नपाएपछि बारम्बार मेनपावरमा उद्वारको माग गरेका थिए । मेनपावरले उद्वार नगरी पींडितहरुलाई गाली गरेपछि उनीहरु मलेसियामा रहेको “नेपाल क्रान्त्रिकारी सगठन” को शरणमा पुगेका थिए भने सो संगठनले गत फेब्रअरी ११ तारिखका दिन पींडितहरुसहित नेपाली राजदूतावासमा उद्वारको लागि पहल गरिदिन पटक-पटक ध्यानाकर्षण गराएको थियो । बारम्बार पींडितहरुले नेपाली दूतावाससमक्ष अनुरोध गर्दा पनि कर्मचारीहरुबाट चासो नदेखाएको कारण बुधबार धर्ना दिने भनि डूतावासमा निवेदन पेश गरेको र विभिन्न अनलाईन मिडिया मार्फत पींडितहरुको बारेमा प्रकाशनमा आएपछि मात्र दूतावासले सम्झौताको लागि पहल गरेको थियो ।
फेब्रुअरी २७ तारिख दूतावासमा पींडित कामदारहरु, कम्पनी मालिक, राजदुतावासका अधिकारीहरु र क्रन्तिकारी संगठन बीचको बार्ताले पींडितहरु आफ़्ना सम्झौताअनुसार पारिश्रमिक तथा अन्य सुविधाहरु पाउने भएका छन ।
करिब ३ घण्टा लामो वार्तापश्चात पत्रकारहरुसंगको भेटघाटमा “नेपाल क्रान्तिकारी सगठन” र राजदूतावासले ठूलो सहयोग गरेको पींडितहरुले बताए । उक्त पहल क्रान्तिकारी संगठन मलेसियाका उपसंयोजक “बिद्रोही” चेम्जोङ, सचिब डिकेश भट्टराई “सन्देश”, प्रकाण्ड र नेपाली राजदूतावासको सक्रियतामा भएको थियो ।
Popularity: 49% [?]
Leave a Reply