नेपाली दूतावासको आयोजनामा मलेसियामा ५८औं प्रजातन्त्र दिवस मनाईयो
मलेशिसयामा ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रम समस्पन्न भएको छ । मलेसियास्थित नेपाली दूतावासको आयोजनामा दूतावासको सभा कक्षमा सम्पन्न उक्त कार्यक्रममा नेपालीहरुको समस्या तथा समस्या समाधानका विषयमा छलफल गरिएको थियो ।
उक्त छलफल कार्यक्रममा नेपाली जनताको अतुलनीय साहस, ढृढ संकल्प र गौरवमय बलिदानले एकतन्त्रिय निरंकुस शासनलाई समाप्त पारेर आजकै दिन २००७ साल फागुन ७ गतेका दिन नेपालमा प्रजातन्त्रको स्थापना भएको भन्दै हामीले विना संघर्ष, मलेसियामा कुनै पनि किसिमबाट न्याय नपाउँने हुँदा नेपाली राजदूतावास र हामी सम्पूर्ण नेपालीहरु आ आफ्नो कार्यक्षेत्रबाट राजदूतावासलाई सहयोग गर्यौ भने मात्र समयमा नै समस्याको समाधान गर्न सक्ने उपस्थित वक्ताहरुको भनाइ थियो ।
नेपाली दूतावास मलेसियाका सम्पूर्ण सदस्यहरु, अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका प्रतिनिधि, संघ संगठनका पदाधिकारीहरु, रेमिट्यान्सका सदस्यहरु, व्यापारीहरु र पत्रकारहरुको उपस्थिति रहेको सो छलफल कार्यक्रममा प्रजातन्त्र प्राप्तिका लागि शहीद बनेका वीर शहीदहरु प्रति एक मिनेटको मौनधारण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
Popularity: 45% [?]
Leave a Reply