‘Loktantra Day’ Celebrated in Israel

इजरायल मा लोकतंत्र दिवस मनाइयो
देबेन्द्र हरी सुबेदी
अप्रिल, २४   इजरायल

इजरायल राजदूताबास ले एक भब्य रात्रि भोज को आयोजना सहित अप्रिल २३ अर्थात बैसाख ११ गते लोकतंत्र दिवस राजदूत बैजनाथ थपलिया को निवास हर्जेलिया मा मनायो |  

     दोश्रो जन-आन्दोलन को संज्ञा दीइएको २०६३ साल को  १९दिने सफल आन्दोलन बाट नेपाली जनता को मौलिक अधिकार राजा ज्ञानेन्द्र बाट फिर्ता गरीयको यो दिन लाई बिशेस रूप मा मनाईने क्रम मा इजरायल मा रहेका नेपाली कामदार ,कुट्नैतिक ब्यक्तित्व,बिदेशी पाहुना हरु को उपस्थिति मा हर्षोल्लास का साथ लोकतंत्र दिवस २०६५ मनाईयो |सामुहिक रूपमा रास्ट्रीयगान गाई,सहिद प्रति एक मिनेट मौनधारण बाट सुरु गरिएको औपचारिक कार्यक्रम मा उपस्थित पाहुना हरु लाई कांसुलर मुक्तिनाथ भट्ट ले स्वागत गर्नुभयको थियो ,दूताबासका प्रथम सचिब कुमार राज खरेल ले संचालन गर्नु भयको सो कार्यक्रम मा  बोल्दै  राजदूत बैजनाथ थपलिया ले ,नेपाल को बद्लिदो परिश्थिति मा सबै एक भएर  मुलुक निर्माण मा लाग्नु पर्ने कुरा बताऊदै,राष्ट्र निर्माण मा प्रवासी नेपाली को महत्वपूर्ण योगदान हुने हुदा बिदेश मा सिकेको शिप र ज्ञान लाई आफ्नो भूमि मा प्रयोग गर्न सक्रिय रूप मा लाग्न  उपस्थित सबै लाई आब्वाहन गर्दै,आगामी दिन मा यस्ता कार्यक्रम हरु मा सके सम्म धेरै नेपाली हरु लाई उपस्थित गरौन प्रयासरत रहने बिचार ब्य्क्त गर्नुभयो |कार्यक्रम मा गैर आबसिय नेपाली संघ इजरायल का अदक्ष्य डा. बिष्णु चापगाई,दूताबास का सहचारी थान प्रसाद शर्माले पनी लोकतंत्र दिवस को महत्व को बारेमा प्रकाश पर्नु भएको थियो |

       उक्त कार्यक्रम मा यू एन मा कार्यरत डॉ. ध्रुब कोइराला,प्रमोद बस्नेत,नारी आवाज़ इजरायल की श्रीजना महत बानिया , नेपाल चौतारी,मासिक का संपादकदेबेन्द्र हरी सुबेदी ,नेपाली समाज का नबीन बस्नेत,कृषि मा अध्ययनरत बिद्यार्थी हरु लगायत  का नेपाली कामदार हरु को उपस्थिति थियो |

    औपचारिक कार्यक्रम पशचात नेपाली स्वादिस्ट परीकार हरु सहित रात्रि भोज को साथ कार्यक्रम लाई बिसर्जन गरियको थियो |  

Popularity: 21% [?]