‘Loktantra Day’ Celebrated in Belgian
| बेल्जियममा लोकतन्त्र दिवश सम्पन्न | |
| अप्रिल, २३ ब्रसेल्स, बेल्जियम | |
नेपाली राजदुतावास बेल्जियमले ब्रसेल्समा लोकतन्त्र दिवस एक समारोहका बीच मनायो । राजा ज्ञानेन्द्रको निरंकुश शासन बिरुद्ध १९ दिने सफल जनआन्दोलनको स्मरण गर्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण शहिदहरु प्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
बेल्जियमका लागि नेपाली राजदुत महामहिम प्रमेश हमालले लोकतन्त्रको संस्थागत विकाश गर्न र सशस्त्र विद्रोहलाई मूलधारको राजनीतिमा ल्याउन हालै सम्पन्न संविधान शभा निर्वाचनको ठूलो महत्व रहेको छ भन्नु भयो ।
देश अब संघिय शासनमा जाने निश्चित भएकोले संघियता विविधतालाई एकतामा बाध्ने सूत्र बन्नेछ भन्नु भयो ।
नयाँ नेपालको निर्माण आर्थिक विकाशबाट मात्र सम्भव हुने भएकोले विदेशमा बस्ने नेपालीहरुलाई लगानि भित्र्याउन आग्रह गर्नु भयो ।
देश निर्माणमा अझै पनि आठदल मिलेर जानु पर्ने कुरा निर्वाचनको नतिजाले देखाएकोले यसका लागि देश भित्र-बाहिरका सबै नेपालीहरुले लोकतान्त्रिक प्रकि्रयामा सहयोगी हुनु पर्ने कुरामा जोड दिनु भयो ।
राजदुतको निवासस्थानमा आयोजित उक्त कार्यक्रममा बेल्जियममा रहेका नेपालीहरु विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु नेपाली विद्यार्थी लगायत केही विदेशीहरुको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै दुतावासका प्रथम सचिव दुर्गा प्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई दुतावासकी मिनिस्टर काउिन्सलर श्रीमती अम्बिका लुईंटेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
Popularity: 19% [?]
Leave a Reply