Volleyball competition in Korea

कोरियामा म्याग्दी कप खुल्ला भलिबल सम्पन्
——————————————————————————-
उमेश वस्नेत ४ जुन सिओल कोरिय

म्याग्दी समाज समिति दक्षिण कोरियाले गराएको खुल्ला भलिबल प्रतियोगीतामा नेपाल संपर्क समितिले यस पटकको म्याग्दी कप जित्न सफल भएको छ । उक्त प्रतिस्पर्धामा नेपाल संपर्क समिति, म्याग्दी परिवार, नेपाल कोरिया ब्यापार संघ, पर्बत टिम्, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टिम्, गुल्मी संपर्क समिती गरी बिभिन्न ८ टिमले भाग लिएका थिए ।खेलको सुरुमा नै गत सालको बिजेता म्याग्दी टिमको नेपाल संपर्क समिति कोरियासँग कडा प्रतिस्पर्धात्मक भिडन्त भएको थियो।उक्त खेलमा म्याग्दी टिमलाई नेपाल संपर्क समितीले पराजित गरेकोथियो । सेमी फाईनलमा नेपाल संपर्क समिती र मुन्जङ प्रबासी संघको बिच कडा प्रतिस्पर्धा भएको थियो । पहिलो पटक भाग लिएको मुन्जङ प्रबासी संघको खेल अतिनै उत्कृष्ट रहेको थियो ।फाईनमा कोरियामा रहेको अर्को कडा टिम बाग्लुङ टिमसँग भिड्न्त गरेको थियो । कडासट र टेक्निक खेलखेल्न माहिर बाग्लुङसँग अतेन्त कडा प्रतिस्पर्धा गरेको थियो । बाग्लुङ सँगको खेलमा पहिलो खेलमा नेपाल संपर्क समितीले जितेको थियो भने दोश्रो खेल बाग्लुङले जित्न सफल भएको थियो । तेसै गरी तेश्रो तथा अन्तिम खेलमा नेपाल संपर्क समितीले बाग्लुङलाई पुन पराजित गरी यसपटकको म्याग्दीकप कप सहित ५ लाख ओन आफ्नो पोल्टोमा परेको थियो । म्याग्दी समाज समिती दक्षिण कोरिया द्वाराआयोजित खुल्ला भलिबल प्रतियोगीतामा खेलको सुरुवात एन आर एन कोरिया र कोरियामा रहेको छाता संघठन नेपाल संपर्क समिती कोरियार् एन सि सि बिच मैत्रीपूर्ण खेलबाट सुरु गरिएको थियो । मैत्रीपूर्ण खेलमा एन आर एन कोरियाले एन सि सि कोरियालाई पराजित गरेको थियो । एन आर एन कोरियाका टिम र एन सि सि कोरिया टिमका निर्बाचित प्रतिनिधिहरुमात्र खेलाडी रहेको खेल रोमान्च पूर्ण भएको थियो । उक्त मैत्री पूर्ण खेलमा एन आर एन कोरिया अध्यक्षका गंगा राई टिम क्याप्टेन हुनुहुन्थियो, भने एन सि सि कोरियाको टिममा नेपाली सम्पर्क समितिका अध्यक्ष इश्वर के सीमैत्री पूर्णटिम क्याप्टेन रहनु भएको थियो । प्रतिस्पर्धात्मक खेल प्रतियोगीतामा खेलाडीहरुको मनोबल बढाउनको लागि प्रथमभएको एन सि सि टिमका क्याप्टेन उमेश बस्नेत लाईनेपाली जनअधिकार मञ्žच दक्षिण कोरियाका अध्यक्ष बाबुराम तामाङले एक लाख ओन प्रदानगर्नु भएको थियो । यसै गरी उत्कृष्ट खेलाडीमा बाग्लुङ टिमका बिपिन गुरुङले पाउनु भएको थियो । उक्त अबसरमा म्याग्दी समाजले आयोजना गरेको चिट्ठा प्रतियोगीताको नतिजा पनि सार्वजनिक गरेको थियो । म्याग्दी समाज समिती दक्षिण कोरियाका उपाध्यक्ष नारायण बरुवालका अनिसार उक्त चिट्ठा प्रतियोगीतामा प्रथम पुरुस्कार गणेश बा राणाटिक ट नं २१४ , दोश्रो मा मिलन लिम्बु टिक ट नं३३०,तेश्रो मा टंक पाईजा टिक ट नं २४० यसै गरी सान्वनामा सुमन श्रेष्ठ टिक ट नं९ ,टंक बा थापा ३७९ , योगिशा लालचन १८३ ले प्राप्तगर्नु भएकोथियो । सो अबसरमा खेलको अबधि भर म्याग्दी समाजले उप्स्थित पाहुना हरुको लागि नेपाली खानाहरु सेल रोटी, अचार, चिया लगाएतको बन्दो बस्ती गरिएको थियो । अन्तमा म्याग्दी समाज समितीका अध्यक्ष नरबहादुर पुनले पुरुस्कार बितरन गर्नुहुँदै सो अबसरमा भाग लिनेटिम, सरसहयोग गर्नुहुने लगायत सम्पूर्ण उपस्तित हुनुहुने महानुभाबलाई धन्यवाद दिनुहुँदै उक्त प्रतिस्पर्धात्मक खुल्ला भलिबल प्रतियोगीताको समापन गरिएको थियो

Popularity: 35% [?]