Preparing for Budhha Jayanti Celebration in South Korea
कोरियामा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाउने तयारी
नरेन्द्र गुरुङ
८ सियोल, अप्रिल २१
दक्षिण कोरियास्थित नेपाली दुतावासको संयोजनमा कोरियामा रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा आगामी मे ४- २००८ का दिन सियोलमा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाइने भएको छ । बुद्ध जयन्तिलाई भब्य बनाउन आइतबार सियोल स्थित नेपाली दुतावासमा बसेको बैठकले नरेन्द्र गुरुङको संयोजकत्वमा ९ सदस्यीय तयारी समिति गठन गरिएको छ । बैठकले मे ४-२००८ का दिन छोगेसा मन्दिर तथा दोंग्दे मुन रंगशालामा आयोजना गरिन लागिएको उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली लगायत कोरियाली महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । सो कार्यक्रममा कोरियाका हजारौं गुम्बाहरुको सहभागिता कोरियामा रहेका बुद्धिस्ट राष्ट्र बर्मा , थाईल्याण्ड, श्रीलंका, तिब्बत, लाओस र जापानको सहभागिता हुने गर्दछ र यो उत्सवमा नेपाल बुद्ध परिवारले १९९५ साल देखि सहभागिता जनाउँदै आए पनि यो पटक भने राजदुतावास स्थापना भएकोले संयुक्त रुपमा सहभागिता हुन लागेको हो र आइतबार गठन गरिएको जयन्ति तयारी समितिको अन्य सदस्यहरुमा ध्यान राई (एनआर एन), प्रेम संगम (स्यांग्जा परिवार), पुरु जोशी (पत्रकार), प्रेम गुरुङ (नेपाल कोरिया साँस्कृतिक मञ्च), कुन्गा गुरुङ (मुस्ताङ परिवार), प्रकाश लामा (मनाङ परिवार), कुन्साङ लामा (हिमालय बौद्ध परिवार), रमेश श्रेष्ठ (नेवा पुचवाट) रहनु भएको छ ।
उक्त तयारी समितिको सल्लाहकारमा कोरियास्थित नेपाली राजदूत कमलप्रसाद कोइराला रहनु भएको छ ।
Popularity: 37% [?]
This entry was posted
on Friday, April 25th, 2008 at 4:28 pm and is filed under Korea News.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply