New year celebrated in South Korea
दक्षिण कोरियामा नयाँ वर्ष मनाए
दक्षिण कोरिया, अप्रिल- १६
दक्षिण कोरियास्थित नेपाली सम्पर्क समिति पुसान शाखाको आयोजनामा राजधानी सिउलदेखि धेरै संघ संस्थाहरुले रमाइलो गरी नयाँ वर्ष मनाएका छन् । केही दिनअघि वित्नु भएका स्व. पेम्बा नुडुप लामाको दाहसंस्कार सकेर दुःख र शोकमा रहे पनि थेगु खुमीस्थित खुमी क्याथोलिक प्रवासी मजदुर केन्द्रमा नेपाल खुमी समाजको आयोजनामा स्व. लामाप्रति एक मिनेट मौन धारण गर्दै विभिन्न कार्यक्रमसहित नेपाली परिकारका साथ नयाँ वर्षको शुभकामना आदानप्रदानका साथ नयाँ वर्ष २०६५ को स्वागत गरेका छन् । उक्त कार्यक्रममा खुमी समाजका अध्यक्ष अशोक बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो भने जनसम्पर्क समिति थेगु शाखाका उपसभापति विजयकुमार राईलगायत खुमी, बेगन क्षेत्रका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Popularity: 21% [?]
Leave a Reply