‘Loktantra Day’ Celebrated in South Korea
| दक्षिण कोरियामा दोस्रो लोकतन्त्र दिवस भब्य रुपमा मनाइयो | |
|
पुरु जोशी अप्रिल, २४ दक्षिण कोरिया |
|
नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजनामा अप्रील २३ तारिख बुधवारका दिन सउल स्थित नेपाली राजदूतावास भवनमा दोस्रो लोकतन्त्र दिवस मनाइएको छ ।
कोरियामा रहेका विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाहरुका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको उक्त समारोह नेपाली राष्ट्रिय गीत बजाएर शुरु गरिएको थियो भने दोस्रो जन आन्दोलनका क्रममा बीरगति प्राप्त गरेका शहिदहरुको नाममा १ मिनेट मौन धारण गरिएको थियो ।
नेपाली महामहिम राजदूत श्री कमल प्रसाद कोईराला ज्युको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कोरिया स्थित नेपाली राजनैतिक संस्थाहरुमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष श्री रतन सुब्बा, नेपाल प्रवासी संघका प्रतिनिधी श्री मनोज कार्की, नेपाल प्रगतिशील मोर्चाका अध्यक्ष श्री सुमन राई, त्यसैगरि हालसालै गठन भएको नेपाल जनअधिकार मन्चका सल्लाहकार श्री गगन पुन ज्युले आ आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सामाजिक संस्थाहरुमा एन आर एन कोरियाका अध्यक्ष श्री गंगाराज राई नेपाली, सम्पर्क समितिका सचिव श्री आनन्द गुरुङ्ग र एन आर एन एसिया प्यासेफिकका सह संयोजक श्री रुद्र शर्मा ज्युले पनि आ आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरि अन्य उपस्थितीहरुमा नेपाल बौद्ध परिवारका अध्यक्ष श्री नरेन्द्र गुरुङ्ग नेपाल, पर्यटन बोर्डका कोरिया प्रतिनिधी श्री के पी सिटौला, नेपाल जनसम्पर्क समितिका सल्लाहकार श्री साम्राज्य बिक्रम पाण्डे नेवाः पुच दक्षिण कोरियाका संयोजक श्री नबीन बज्राचार्य, किरांत यायोक्खाका अध्यक्ष ज्यु तथा विभिन्न बुद्धिजिवीहरु विद्यार्थीहरु र पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।
नेपाली राजदूतावासका कन्सुलर श्री यादव खनाल ज्युको उद्घोषणमा सन्चालित उक्त समारोहमा नेपाली महामहिम राजदूत श्री कमल प्रसाद कोईराला ज्युले लोकतन्त्र पायौं भनेर फेरिपनि पहिले जस्तो मनपरी र भागबण्डाका कामहरु गर्न नहुने नत्र यो लोकतन्त्रको कुनै मतलब नहुने कुरा ब्यक्त गर्नु भएको थियो । साथै उक्त समारोहको समापन संगै नेपाली राजदूतावासको तर्फबाट चियापान कार्यक्रमको बन्दोवस्त पनि गरिएको थियो ।
Popularity: 36% [?]
Leave a Reply