Dipak Bista in Korea
कोरियामा तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान तथा बिदाई गरिने
उमेश वस्नेत
जुन, ४ सिओल, कोरिया
————————————-
नेपालका ख्यातिप्राप्त तेक्वान्दो खेलाडी दिपक विष्टलाई नेपाली सम्पर्क समिति दक्षिण कोरियालगायतका कोरियामा रहेका सम्पूर्ण संस्थाहरुले यही जुन ७ तारिखका दिन स्वागत रेस्टुरेन्टमा संयुक्त रुपमा सम्मान गर्ने भएका छन् ।
नेपाली सम्पर्क समितिका अध्यक्ष ईश्वर केसीका अनुसार हाल कोरियामा रहनु भएका विष्टको बेइजिङ ओलम्पिकका लागि तयारी अन्तिम भएको र अब छिट्टै चीनको बेइजिङ जाने भएकाले उहाँको हौसला बढाउनका लागि उक्त कार्यक्रम गर्न लागिएको हो ।
साथै उक्त दिन कोरियामा रहेका सम्पूर्ण संघ संस्था तथा प्रवासी नेपालीहरुलाई उपस्थित भई दिनु हुन नेपाली सम्पर्क समितिले हार्दिक अनुरोध गरेको छ।
Popularity: 51% [?]
Leave a Reply