कोरियामा प्रशान्त तामाङको लाईभ कन्सर्ट

 korea newsयही फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सउल स्थित एउटा हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत श्री कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिती रहेको थियो ।करीब २ हजार जना भन्दा बढीको संख्या रहेको उक्त कार्यक्रममा प्रशान्त तामाङका साथ ईन्डियन आईडलका अर्का प्रतिश्पर्धी पूजा चटर्जीको पनि सहभागिता रहेको थियो भने नेपाली कलाकारहरुमा पप गायक श्री क्रान्ति आले, मोडल तथा नायिका पूजना प्रधान त्यसैगरि एङकरमा हेम सुवेदी र हङकङबाट आउनु भएकी सुश्री लारा राईको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको शुरुवात नेपाल कोरिया सांस्कृतिक मञ्‍च परिवारको नेपाली राष्ट्रिय गीतबाट गरिएको थियो । नेपालका विभिन्न जात जातीका भेष भुषाहरुमा सजिएका कलाकारहरुले जब गीत गाईरहेका थिए त्यहां उपस्थित सम्पुर्ण नेपाली दर्शकहरुको अनुहारमा आफ्नो मातृ भूमिको माया र सम्झना प्रष्ट रुपमा झल्किन्थ्यो ।

कार्यक्रमको मुख्य पात्र प्रशान्त तामाङ असारै महिनामा गीत संगै दर्शक सामू प्रस्तुत भएको थियो भने पूजा चटर्जीले विभिन्न वंगाली र हिन्दी गीतहरु गाएका थिए । त्यसैगरि नेपाली पप गायक क्रान्ति आलेको गीतमा दर्शकहरु त्यतिकै रमीरहेका थिए भने नायिका पूजना प्रधानको बेजोड नृत्यमा उतिकै जोश देखाएका थिए ।

कार्यक्रमको पहिलो चरण देखि अन्तिमसम्म दर्शकहरुलाई विभिन्न उखान, शायरीबाट मनोराजन दिलाईरहेका दुई विशिष्ट एङहरहरु हेम सुवेदी र लारा राईको प्रस्तुती पनि निक्कै उल्लेखनीय रहेको थियो ।

प्रशान्त तामाङ ईन्डियन आईडल भए पछि बिभिन्न टि भी, इन्टरनेट साईटहरुमा हेर्दै आईरहेका दर्शकहरुले यसपाली आफ्नै आंखा अगाडी हेर्न पाए तर प्रशान्तसंग संगै बसेर फोटो खिच्ने चाहना भने कसैको पुरा हुन सकेन । स्टेज पछाडी प्रशान्त तामाङलाई राखिएको कोठा अगाडी थुप्रै ठिटा ठिटीहरु फोटो खिच्नको लागि झुमिएर बसिरहेका थिए तर ४ जना कोरियन सेक्युरिटी बडी गार्ड समेत तैनाथ रहेका कारण उनीहरुको त्यो ईच्छा पुरा हुन सकेन र प्रशान्त तामाङको अन्तिम गीत यो मन त नेपाली हो को अन्त्य लगत्तै आयोजक र तीनै बडी गार्डहरुले दौडाउंदै गाडी भित्र हाली होटल पुर्याएका थिए ।

कार्यक्रमको मध्यतिर आयोजक कमिटीद्धारा कोरियाका विभिन्न संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन स्वरुप कदर पत्र प्रदान गरेको थियो जसमा नेपाली सम्पर्क समितिका अध्यक्ष श्री ईश्वर केसी, एन आर एन दक्षिण कोरियाका अध्यक्ष श्री गंगाराज राई, नेपाल कोरिया सांस्कृतिक माचका अध्यक्ष श्री प्रेम गुरुङ रहेको थियो । त्यसैगरि दक्षिण कोरियामा धेरै बर्षसम्म नेपाली सम्पर्क समिति मार्फत नेपालीहरुलाई सहयोग पुर्याएका कारण नेपाली सम्पर्क समितिका निवर्तमान अध्यक्ष श्री बम प्रसाद लावतीलाई पनि कदर पत्रका साथ सम्मान गरिएको थियो ।

त्यसैगरि नेपाली राजदूत श्री कमल प्रसाद कोईरालाले नेपाल र नेपालीको ईज्जत प्रतिष्ठा बढाएका कारण प्रशान्त तामाङलाई नेपाली ढाका टोपी लगाई दिनु भएको थियो भने कार्यक्रममा अन्य सहभागी सम्पुर्ण कलाकारहरुलाई पनि कदर पत्र दिई सम्मान गर्नु भएको थियो । साथै दक्षिण कोरिया स्थित तामाङ परिवारले पनि एउटा उपहार स्वरुप प्रशान्त तामाङलाई सम्मान गरेको थियो ।

Popularity: 29% [?]