NRN Japan started to collect fund for “Save Dolma”
एनआरएन जापानको”सेभ डोल्मा साप्ताहक” शुरु
रोजगारीका क्रममा कुवेत पुगेकी नेपाली चेली डोल्मा शेर्पा हत्याको अभियोगमा जीवन र मृत्युको दोसाधमा कुवेत जेलमा थुनिएकि नेपाली चेली डोल्माको जीवन रथार्थ गैरआवासीय नेपाली संघ (एनआरएन)जापानले “सेभ डोल्मा साप्ताहिक अभियान”को शुरुवात गरेको कुरा सघले जनाएको छ ।
एनआरएन जापानको नियमित १२औ वैठक तथा आगामी मे ४ मा टोकियोमा हुन लागेको दोश्रो राष्ट्रिय अधिवेशनको चौथौ तयारी बैठकका क्रममा “सेभ डोल्मा साप्ताहिक अभियान”गरि आर्थिक संकलन गर्ने निर्णय गरिएको थाहाभएको छ ।
बैठकमा सो अभियानका क्रममा एक हप्ताभित्र जापानमा हुने नेपालीहरुका बिभिन्न बैठक,कार्यक्रमहरु र जमधटमा डोल्माको जीवन रक्षार्थ नेपाल सरकार तथा एनआरएन अन्तराष्ट्रिय परिषदको अभियान तथा जापान स्थित नेपाली राजदुतावासको आव्हान अन्तरगत सो कार्य गर्न लागिएको हो । सेभ डोल्मा अभियानका लागी आर्थिक संकलनको प्रारम्भमा अदालतले निर्दोष फैशला गरि सके पनि लामो समयदेखी जापानको जेलका बन्दी गोविन्द मैनालीको अवस्थावारे वैठकमा छलफल तथा उनका बारेमा सघका अध्यक्ष तथा गोविन्द मैनाली रिहाई समितिमा रहि दशक लामो कार्य गरिरहनु हुने राजन प्रधानांगले जानाकारी दिनु भएको थियो ।
सेभ डोल्मा सप्ताह अभियान आगामी आइतबार ९ तारिख सांझ टोकियो स्थित आशागया हलमा एक कार्यक्रमका विचमा समापन हुने कुरा संघका पुर्व सदस्य तथा एनआरएन आइसिसि सदस्य किरण विक्रम थापाले जनाउनु भएको छ ।
सहयोग गर्न चाहानु हुने सवैले एनआरएन जापानको वैङ खाता Zainichi Neparujin Kyokai Japan Postal Bank 10070-95709701मा रकम पठाउनु भई nrn@nrnjapan.org , एनआरएन जापानका अध्यक्ष राजन प्रधानांग mallarajan@hotmail.com अथवा राष्ट्रिय संयोजक बेलु थापा betha_78@hotmail.com मा मेल मार्फत जानाकारी गराउनु हुन समेत अनुरोध गरेको छ ।
Popularity: 47% [?]
Leave a Reply