NRN Japan
एनआरएन जापानको अधिवेशनको अन्तिम तयारी
२२ अप्रिल, ०८
एनआरएन जापानको आगामी मे ४ तारिखमा टोकियोको मेगुरो कुमिन सेन्टर हलमा हुने दोश्रो राष्ट्रिय अधिवेशनको अन्तिम तयारी भइरहेको कुरा एनआरएन जापानले जनाएको छ । एनआरएन जापानको अधिवेशनमा भागलिई सफल पारिदिनुहुन एनआरएन जापानका समस्त सदस्यहरुलाई अनुरोध समेत गरिएको छ ।
अधिवेशनको तयारीकाक्रममा जापानका बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको भेलाहरु भईरहेका छन । सोहि क्रममा आगामी २७ तारिखमा एनआरएन होरोशिमा शाखाले महामहिम नेपाली राजदूतको उपस्थितिमा कार्यक्रम गर्न लागेको छ । अधिवेशनमा हिरोशिमा, ओशाका, नागोया निगाता, गुन्मादेखि होक्काईडो लगायतका ठाउंबाट बस रिजर्व गरि ठूलो संख्यामा नेपालीहरुको सहभागि हुने थाहाभएको छ ।
एनआरएन जापानले अधिवेशन प्रयोजनका लागि निम्न अनुसारका निर्णायहरु गरेको कुरा सार्वजनिक गरेको छ ।
१- एनआरएन जापानको साधारण सदस्यता एकपटक लिईसक्नु भएका सदस्यहरुले सदस्यता नविकरण गर्नुपर्दैन । तर अधिवेशनमा सहभागी हुनका लागि सदस्यता कार्ड आवश्यक छ र प्रवेश शुल्क स्वरुप १ हजार येन लाग्ने छ ।
२- नयाँ सदस्यता लिन २ हजार येन सदस्यता दस्तुर लाग्ने छ । एनआरएन जापानको होमपेजबाट सिधै सदस्यता लिन तथा होमपेज www.nrnjapan.org बाट सदस्यता फारम प्रिन्ट गरी तोकिएको ठेगानामा फारम पठाउन सक्नु हुनेछ ।उक्त फारमका साथ २ वटा ४०mm x३०mm को फोटो पनि पठाउनु पर्ने छ । सदस्यता शुल्क एनआरएन जापानको पोष्ट बैङ्क खातामा फुरीकोमी गरी मेलबाट जानाकारी गराउन अनुरोध छ ।
३- मे ३ तारिखको साँझ ५ बजे सम्म नेट मार्फत वा मेल वा उपस्थित भएर एनविए कार्यालयमा प्राप्त फारमहरुका आधारमा सदस्य बन्नु हुनेहरुले मात्र मे ४ तारिखको अधिवेशनमा भाग लिन पाउनेछ ।
४- निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम विहान १० वजेबाट शुरु हुनेछ ।
५- सदस्यता कार्ड अधिवेशन स्थल मै वितरण गरिने छ । सदस्यता तथा उमेदवारीका सम्वन्धमा दाबी विरोध वा आशंका पैदा भएमा स्पष्ट विवरण र परिचय खुल्ने एलाएन रजिष्ट्रेशन कार्ड, पासपोर्ट वा ड्राईभिङ लाइसेन्स देखाउनु पर्ने छ ।
६- मे १ देखि मे ३ सम्म हाम्रो कार्यलय तलको ठेगानामा रहने छ ।
Dai 2 Bldg. 3-A, 7-13-7 Nishi Shinjuku, Shinjuku-ku
Tel: 03-6662-6276 Fax: 03-6662-6277
Popularity: 37% [?]
Leave a Reply